विवाद समाधान नगरी डडेल्धुरामा वडा अधिवेशन गरेपछि पौडेलको आपत्ति « Khabarhub

विवाद समाधान नगरी डडेल्धुरामा वडा अधिवेशन गरेपछि पौडेलको आपत्ति


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता वेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेसको वडा अधिवेशन गराएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् । उनले पार्टी इतिहासमै आन्तरिक निर्वाचनमा शक्ति र सत्ताको दुरुपयोग भएको भन्दै लोकतन्त्रकै उपहास भएको टिप्पणी गरेका छन् ।

पौडेलले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आपत्ति जनाएका हुन् ।

‘पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र (तर व्यवहार अलोकतान्त्रिक),’ पौडेलले भनेका छन्, ‘नेपाली कांग्रेस पार्टीको इतिहासमै आन्तरिक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ । महाधिवेशनको लागि यो शुभसंकेत होइन ।’

डडेल्धुरामा जिल्लाबाट सिफारिस गरिएका व्यक्तिलाई सदस्यता नदिएको तर केन्द्रबाट सिधै क्रियाशील सदस्यता दिएको भन्दै जिल्ला सभापति कर्ण मल्लले विरोध जनाउँदै आएका छन् । डडेल्धुराको विषयलाई लिएर उपसभापति विमलेन्द्र निधिले पनि सभापति देउवालाई पत्र लेखेरै शुक्रबारको वडा अधिवेशन रोक्न माग गरेका थिए ।

संस्थापनइतर समूहका नेताहरू कांग्रेसको अधिवेशनमा प्रहरी प्रशासनको हस्तक्षेप रोक्न भन्दै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । पौडेल नेतृत्वको टोलीमा महामन्त्री डा।शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा मिनेन्द्र रिजाल, जीवन परियारले देउवालाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १ : ३३ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले