सभामुखले एमालेलाई स्मरण गराए संविधानको धारा १०५ « Khabarhub

सभामुखले एमालेलाई स्मरण गराए संविधानको धारा १०५


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमामाडौँ– संसद् बैठक अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसदहरूलाई संविधानको धारा १०५ बारम्बार स्मरण गराएका छन् ।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले आरोप लगाउँदै आएको छ । सभामूख एमाले विभाजनको मतियार भन्दै एमालेले संसद बैठक अवरोध गरिरहेको छ । एमालेले बैठक अवरोध गरेपछि सभामुखले संविधानको धारा १०५ स्मरण गराएका हुन् ।

नेपालको संविधानको धारा १०५ मा लेखिएको छ : नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तगा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छैन । तर, महाभियोगको प्रस्तावमा छलफल गर्दा न्यायाधीशको आचरणको सम्बन्धमा कुनै कुरा व्यक्त गर्न यस धाराले बाधा पुर्याएको मानिने छैन ।

एमाले आफैले एमाले विभाजनविरुद्धमा सर्वोच्चमा रिट दायर गरेको छ । तर सुनुवाइ भने सुरु भएको छैन । एमाले आफैले सर्वोच्चमा रिट दायर गर्ने र आफै अदालतमा विचाराधीन विषयलाई संसदमा प्रवेश गराएको भन्दै सभामुखले संविधानको व्यवस्था स्मरण गराएका हुन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  २ : ०० बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र