विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले गर्छन् आत्महत्या « Khabarhub

विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले गर्छन् आत्महत्या


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा– विश्वमा हरेक चालिस सेकेन्डमा एक जनाको आत्महत्याका कारण मृत्यु हुने गरेको छ । भोकमरी, रोग, बेरोजार, अज्ञानतालगायतका कारण हरेक वर्ष  मानिसले आत्महत्या गर्छन् । राष्ट्रसंघका अनुसार ७५ प्रतिशत आत्महत्यामा सम्बन्धित देश नै जिम्मेवार हुन्छ । आत्महत्या हरेक देशमा मुख्य स्वास्थ्य समस्या बनेको छ ।

आत्महत्या नियन्त्रणका लागि अन्तर्राष्ट्रिय संगठन (आइएएसपी) ले सर्वप्रथम सन् २००३ मा यो दिवस मनाएको थियो । प्राध्यापक इरविन रिंगेल र डा नोरम्यान फ्यावरलोले सन् १९६० मा अस्ट्रियाको राजधानी भियनामा आइएएसपी स्थापना गरेका थिए । आत्महत्या रोक्न प्रतिबद्ध यस गैरसरकारी संगठनमा ७७ देशका विज्ञ र स्वयंमसेवक छन ।

विश्वमा हरेक वर्ष विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । ‘काममार्फत आशा सिर्जना’ भन्ने नाराका साथ यो वर्ष पनि विश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ । आत्महत्या नियन्त्रणमा विश्वव्यापी प्रतिबद्धता जनाउनु दिवसको मुख्य उदेश्य हो । आत्महत्याबाट जोगिन मानसिक रुपमा स्वस्थ हुनुपर्ने र समुदाय तहमा काम चाल्नुपर्ने विज्ञहरु बताउँछन् । एजेन्सी

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  २ : ५८ बजे

बालेन्द्र लक्षित दीपकको कटाक्ष : ‘हामी पनि नेपाल हाँसेको हेर्न चाहन्छौं’

काठमाडौं – समानुपातिक उम्मेद्वारको सूचीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य, चिकित्सक भन्छन्- बेवास्ताले बढ्दै जोखिम

काठमाडौं– गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील

बियोन्से आधिकारिक रूपमा अर्बपति भइन्

काठमाडौं– विश्व संगीतको क्षेत्रमा आइकन बनिसकेकी बियोन्से गिजेल नोल्स अब

निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल

मोरङ– गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गतेको

तीन दिनदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सहज हुन सकेन

मध्यविन्दु– गत सोमबारदेखि अवरुद्ध रहेको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्र अझै