एमाले कैलालीको समानान्तर कमिटी नेकपा (एस) परिणत | Khabarhub Khabarhub

एमाले कैलालीको समानान्तर कमिटी नेकपा (एस) परिणत


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– प्रतिनिधिसभा विघटनपछि एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले कैलालीमा गठन गरेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा परिणत भएको छ ।

शुक्रबार धनगढीमा बसेको समानान्तर कमिटीको बैठकले यसअघि संसद विघटनको विरोध गर्न गठन गरिएको समानान्तर कमिटीलाई नेकपा (एस) मा परिणत गर्ने निर्णय गरेको कमिटीका सचिव विमल जोशीले बताए । माधव समूहले कैलालीमा १ सय ५१ सदस्यीय समानान्तर कमिटी गठन गरेको थियो ।

कमिटीका अध्यक्ष एमालेका तत्कालीन जिल्ला अध्यक्षसमेत रहेका दीर्घ सोडारी बनेका थिए । सोडारीको नेतृत्वमा एमालेको नवौं महाधिवेशनबाट ९६ सदस्यीय कमिटी निर्वाचित भएको थियो । सोडारी एमालेबाट प्रदेशसभा सदस्य बन्दै भौतिक पूर्वाधार मन्त्री छन् । निर्वाचित अध्यक्ष नै नेकपा ९एस०मा लागेपछि एमालेका अधिकांश पदाधिकारीसमेत सोही पार्टीमा लागेका छन् ।

एमाले कैलालीका ९६ मध्ये ५६ जना कार्यसमिति सदस्यले नेकपा ९एस० रोजेका छन् । एमाले कैलालीमा सोडारीबाहेक निर्वाचित उपाध्यक्ष, सचिव र उपसचिव भने एमालेमै रहेका छन् । एमालेमा विवाद हुँदा सोडारीको नेतृत्वमा बनेको समानान्तर कमिटी नै नेकपा (एस) मा आएको सचिव जोशीको दावी छ ।

समानान्तर कमिटीलाई नेकपा ९एस०मा परिणत गरिएसँगै शुक्रबार नै नेकपा (एस) को प्रथम जिल्ला बैठक बसेको छ । केन्द्रीय सदस्य माया भट्टको प्रमुख आतिथ्यतामा भएको बैठकमा पुराना नेता दिनेशचन्द्र सुवेदी, हनुमान चौधरी, तत्कालीन एमालेका प्रदेश कमिटी सदस्य लक्ष्मण कुँवर, कलावती जोशी, हिक्मत कुँवर लगायतको उपस्थिति रहेको थियो । न्युज कारखाना

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ३ : २६ बजे

अफसिजनमा पनि खुलेको जिरी 

दोलखा– जिरीलाई व्यापार व्यवसाय र पर्यटक आगमनको हिसाबले वर्षादको समयलाई

सुनसरीमा पोखरीमा डुबेर एकजनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–१८ डकाहास्थित पोखरीमा डुबेर स्थानीय ४८

विचित्रको दृश्य : मन्त्री पदमै छन् तर झण्डावाला गाडी छैन, कहाँ बस्ने चिन्ताले संसद् जाँदैनन्

काठमाडौं- संघीय सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिएसँगै

नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन् : सभापति देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी लोकतान्त्रिक