प्रतिनिधिसभा बैठकमा जे देखियो (भिडियो) « Khabarhub

प्रतिनिधिसभा बैठकमा जे देखियो (भिडियो)


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको बैठक शुक्रबार तीन पटक बस्यो । शुक्रबार अपरान्ह बसेका तीनवटै बैठकमा एमाले सांसदहरूको नाराबाजी चलिरह्यो । एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै सांसदहरूले सुरूदेखि नै नाराबाजी गरिरहे । सभामुखले बैठक सञ्चालनका लागि सहयोग गर्न बारम्बार अनुरोध गरिरहे । तर, एमाले सांसदहरूले टेरेनन् । एमाले सांसदको नाराबाजीका कारण सभामुख सापकोटाले पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरे ।

नाराबाजीकैबीच सभामुख सापकोटाले दोस्रो बैठकलाई कार्यसूचीमा प्रवेश गराए । बैठक सुरू भएलगत्तै सभामुख सापकोटा र नेपकिपाका सांसद प्रेम सुवालबीच केहीबेर सवालजवाफ पनि चल्यो ।

प्रतिपक्षी दल एमालेको नाराबाजीका बेला आफूले प्रस्ताव प्रस्तुत गर्न नसक्ने सांसद सुवालले बताए । तर, सभामुख सापकोटाले आफूले रूलिङ गरेकाले यथास्थानबाट प्रस्ताव प्रस्तुत गर्न सांसद सुवाललाई आग्रह गरे । सुवाल मानेनन् । त्यसपछि केहीबेर सभामुख सापकोटा र सांसद सुवालबीच सवालजवाफ भयो ।

सभामुख सापकोटाले सुवाललाई आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेशलाई अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिएका थिए । ती अध्यादेशलाई बैठकले स्वीकृत गर्यो । लगत्तै सभामुख सापकोटाले १५ मिनेटका लागि दोस्रो पटक बैठक स्थगित गरे ।

शुक्रबार दुई दुई पटक १५ मिनेटका लागि बैठक स्थगित गरियो । तेस्रो पटक बसेको बैठकमा भने एमाले सांसद र मर्यादापालकबीच रमाइलो घम्साघम्सी नै पर्यो । एमाले सांसद रेखा झाले माइक तानेर सभामुखलाई हिर्काउन खोजिन् । तर, उनलाई अन्य सांसद र मर्यादापालकले रोकेर दुर्घटनाबाट जोगाए ।

नाराबाजीकाबीच सभामुख सापकोटाले दायाँबायाँसमेत नहेरी अर्थ सम्बन्धी अध्यादेशहरू प्रतिस्थापन गर्न बनेको विधेयक बैठकमा पेश गर्न अर्थमन्त्री जनार्दन शर्मालाई समय दिए । नाराबाजी गरिरहेका एमाले सांसदहरू रोस्ट्रममा उक्लिन खोज्दा मर्यादापालक र सांसदहरूबीच लामो समय घम्साघम्सी चल्यो ।

घम्साघम्सीकैबीच विधेयकहरू पेश गर्दा अर्थमन्त्री शर्मा निकै आत्तिएका देखिन्थे । रोष्टम अगाडि उत्तेजित भएर नाराबाजी गरिरहेका एमाले सांसदरूतिर नियाल्दै शर्माले लर्बराउँदै हतार हतार विधेयक प्रस्तुत गरे ।

शर्माले विधेयक पेश गरेपछि सभामुख सापकोटाले ‘मैले शोक प्रस्ताव प्रस्तुत गर्दैछु’ भन्दै शान्त रहन नाराबाजी गरिरहेका सांसदहरूलाई आग्रह गरे ।

त्यसपछि नाराबाजी गरेका सांसद चुपचाप उभिरहे । उनीहरू उभिरहँदा सभामुख सापकोटाले जुठबहादुर खड्गी (जेबी टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे । शोक प्रस्ताव पारित गरेपछि सबै सांसदहरूले मौन धारण गरे । मौन धारण सकिएलगत्तै फेरि सुरू भयो एमाले सांसदहरूको नाराबाजी । केहीबेर नाराबाजीपछि सभामुख भने, ‘प्रतिनिधिसभाको अर्को बैठक भदौ २७ गते आइतबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित हुन्छ ।’ न्यूज कारखाना

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ५ : ३३ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले