सरकारले संशोधित बजेट ल्याउन हतार गरेको एमाले नेता पाण्डेको प्रतिक्रिया « Khabarhub

सरकारले संशोधित बजेट ल्याउन हतार गरेको एमाले नेता पाण्डेको प्रतिक्रिया


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले नेता सुरेन्द्र पाण्डेले सरकारले संशोधित बजेट ल्याउन हतार गरेको प्रतिक्रिया दिएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले प्रतिपक्षीसँग छलफल नगरी हतारमा सरकारले संशोधित बजेट ल्याएको बताए । सबै दलसँग सल्लाह गरेर यो काम गर्दा पनि उचित हुने भएपछि सरकारले त्यसो गर्न नखोजेको उनको भनाइ थियो ।

त्यस्तै एमाले सांसद गोकुल बाँस्कोटाले सरकारले प्रतिपक्षीलाई जानकारी नै नदिई संशोधित बजेट ल्याएको र कार्यसूची समेत हेर्न नदिएको बताए । उनले सभामुखले निर्वाह गर्नुपर्ने भूमिकाबाट चूकेको बताए ।

संशोधित बजेट पेश गरेपछि अर्थमन्त्री जनार्दन शर्माले संवैधानिक व्यवस्था अनुसार संशोधित बजेट ल्याएको बताए ।

उनले बजेटमा राखिएको अनावश्यक बजेट मात्र कटौती गरिएको जानकारी दिए । उनले योजना बनाएर संशोधित बजेट कार्यान्वयन गर्ने बताए । प्रतिपक्षीसँग पनि छलफल गरेर अध्यादेश अघि बढाउन चाहे पनि बिविध कारण हुन नसकेको उनले बताए ।

शुक्रबार एमालेको बिरोधकाबीच अर्थमन्त्री शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँ बराबरको संशोधन बजेट प्रतिनिधिसभा बैठकमा पेश गरेका हुन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ५ : ५५ बजे

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक