वाईसीएलले भन्यो : देशको स्वाधीनतालाई बन्धक बनाएर कुनै पनि अनुदान स्वीकार नगरौँ « Khabarhub

वाईसीएलले भन्यो : देशको स्वाधीनतालाई बन्धक बनाएर कुनै पनि अनुदान स्वीकार नगरौँ


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन वाईसीएल नेपालले देशको स्वाधीनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक बनाएर एमसीसी लगायत कुनै पनि अनुदान स्वीकार गर्न नहुने जनाएको छ ।

प्रथम पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा वाईसीएलले एमसीसी लगायतका कुनैपनि सहयोग अनुदानहरु देशको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राखेर स्वीकार गर्न नसकिने जनाएको हो ।

नेपालको संविधानसँग बाझिएका एमसीसीका बुँदाहरु नसच्चाई पारित नगर्न पनि वाईसीएलले सरकारलाई चूनौती दिएको छ । बैठकले भारतसँगका सम्पूर्ण सीमा विवाद तुरुन्त समाधान गर्न सरकारसँग माग गरेको वाईसीएलका संयोजक सुमन देवकोटाले बताए ।

उनले बन्द रहेका राष्ट्रिय उद्योग तथा प्रतिष्ठानहरु तुरुन्त सञ्चालन गरी युवा रोजगार सिर्जना गर्न पनि सरकारसँग माग गरे । सम्पूर्ण उमेर पुगेका युवा तथा विद्यार्थीहरूका लागि कोभिडविरुद्धको खोपको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको संयोजक देवकोटाले जनाए ।

संगठनले कोभिड महामारकाबीच सम्बन्धित स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएकाहरुको छानविन गरी दोषीमाथि कारबाही गर्न ढिलाई नगर्न पनि माग गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ८ : ४५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्