वाईसीएलले भन्यो : देशको स्वाधीनतालाई बन्धक बनाएर कुनै पनि अनुदान स्वीकार नगरौँ « Khabarhub

वाईसीएलले भन्यो : देशको स्वाधीनतालाई बन्धक बनाएर कुनै पनि अनुदान स्वीकार नगरौँ


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन वाईसीएल नेपालले देशको स्वाधीनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक बनाएर एमसीसी लगायत कुनै पनि अनुदान स्वीकार गर्न नहुने जनाएको छ ।

प्रथम पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा वाईसीएलले एमसीसी लगायतका कुनैपनि सहयोग अनुदानहरु देशको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राखेर स्वीकार गर्न नसकिने जनाएको हो ।

नेपालको संविधानसँग बाझिएका एमसीसीका बुँदाहरु नसच्चाई पारित नगर्न पनि वाईसीएलले सरकारलाई चूनौती दिएको छ । बैठकले भारतसँगका सम्पूर्ण सीमा विवाद तुरुन्त समाधान गर्न सरकारसँग माग गरेको वाईसीएलका संयोजक सुमन देवकोटाले बताए ।

उनले बन्द रहेका राष्ट्रिय उद्योग तथा प्रतिष्ठानहरु तुरुन्त सञ्चालन गरी युवा रोजगार सिर्जना गर्न पनि सरकारसँग माग गरे । सम्पूर्ण उमेर पुगेका युवा तथा विद्यार्थीहरूका लागि कोभिडविरुद्धको खोपको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको संयोजक देवकोटाले जनाए ।

संगठनले कोभिड महामारकाबीच सम्बन्धित स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएकाहरुको छानविन गरी दोषीमाथि कारबाही गर्न ढिलाई नगर्न पनि माग गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ८ : ४५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना