प्रधानन्यायाधीशको ‘कोटा’मा मन्त्री बनेको आरोप लागेका गजेन्द्र हमालले राजीनामा दिँदै « Khabarhub

प्रधानन्यायाधीशको ‘कोटा’मा मन्त्री बनेको आरोप लागेका गजेन्द्र हमालले राजीनामा दिँदै


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  चौतर्फी आलोचना भएपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने भएका छन्।

आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर हमालले राजीनामा दिने तयारी गरेका हुन् । विवादमा नफस्ने भन्दै उनले स्वविवेकले राजीनामा दिन लागेको बताएका छन् । बाँके कांग्रेसका पूर्वसभापति रहेका गैरसांसद हमाललाई देउवाले मन्त्री बनाएपछि उनी प्रधानन्यायाधीश  चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनेको भन्दै आलोचना भएको थियो ।

उनी राणाका जेठान हुन् । उनी मन्त्री भएपछि वरिष्ठ अधिवक्ताले प्रधानन्यायाधीश राणालाई वहिष्कार गर्ने चेतावनी दिएका थिए ।

हमालको नियुक्तिले संकटमा परेका थिए राणा

नातामा जेठान पर्ने हमालको नियुक्तसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा संकटमा परेका थिए ।

राणाले राजनीतिज्ञसँग ‘वार्गेनिङ’ गर्दै सरकार पनि चलाउन खोजेको भन्दै वरिष्ठ अधिवक्ताहरुले राजीनामा दिन पनि माग गरेका थिए ।

अधिवक्ता डा. दिनेश त्रिपाठी, शम्भु थापा,  मुक्ति प्रधान, ओमप्रकाश अर्याललगायतले प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा नदिए उनलाई वहिष्कार गर्ने चेतावनी दिएका थिए ।

संविधानवादको मूल आत्मामाथि नै प्रहार गरेको, शक्ति पृथकीकरण ध्वस्त पारेर सरकारसँग राणाको अपवित्र साँढगाँठले न्यायापालिकामाथिको जनविश्वासमा नै आघात पुगेको उनीहरुको आरोप थियो ।

राणाका कारणा सर्वोच्च अदालतको न्यायिक नैतिकताको धरातल नै समाप्त पर्न सक्ने भन्दै पूर्वप्रधानन्यायाधीशहरु तथा न्यायाधीश वृत्तमा समेत चिन्ता र चासो भइरहेका बेला हमाललाई एकाएक राजीनामा दिन लगाएर संकट टार्न  खोजेको कतिपयको मत छ ।

तत्कालीन ओली सरकारमा पनि भागबण्डा लिएको आरोप खेपेका राणाले संवैधानिक निकायमा भएको सोही सुनुवाइको मुद्दालाई अलपत्र पारेको भन्दै वरिष्ठ अधिवक्ता र न्यायीक वृत्तमा समेत उनको आलोचना हुँदै आएको थियो

 

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ९ : ३९ बजे

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का

खुलामञ्चमा कांग्रेस महाधिवेशनको तयारी धमाधम (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चमा मञ्चमा

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई

धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुर- धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक