धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते « Khabarhub

धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुर- धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मिथिला नगरपालिका–३ लालभित्तिमा टिपर पल्टिँदा क्रसर उद्योग सञ्चालक ३६ वर्षीय हरि महतोको मृत्यु भएको हो। महतो औरही बाबा बालुवा प्रशोधन उद्योगका सञ्चालक थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपरबाट बालुवा–गिट्टी ढुवानी गर्ने क्रममा टिपर पल्टिँदा महतो गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा टिपर चालक गणेशमान चारनाथ नगरपालिका–६ गोदारका ३० वर्षीय हरि बिक घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलका ३२ वर्षीय श्रवण साहको करेन्ट लागेर मृत्यु भएको छ।

छिमेकीको घरमा विद्युत् मर्मत गर्ने क्रममा पोलमा चढेका साहलाई करेन्ट लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ५ : ४९ बजे

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको