कतारमा तीन प्रकारका कानुन उलङ्घन गरेका आप्रवासीलाई वैधानिक बन्ने अवसर « Khabarhub

कतारमा तीन प्रकारका कानुन उलङ्घन गरेका आप्रवासीलाई वैधानिक बन्ने अवसर


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपालीहरुको प्रमुख श्रम गन्तब्य रहेको कतारले अवैधानिक रुपमा बसेका नेपालीसहित विदेशी कामदारलाई आफ्नो अबैध आवासीय स्थिति सच्याउने अवसर दिएको छ ।

कतारको आन्तरिक मन्त्रालयले बिशेष अवसरलाई आप्रबासी कामदारहरूकै मातृभाषामा अनुवाद गरी दिएको समयसीमा भित्रै वैधानिक बन्न सचेत पार्न प्रचार प्रसार गरिरहेको छ । जसमा नेपाली भाषामा पनि मन्त्रालयले एक सूचना जारी गरेको छ ।

मन्त्रालयले नेपाली भाषामा जारी गरेको सूचना अनुसार कानुन उलङ्घन गरेका सबै आप्रबासी वा रोजगारदाता/प्रयोजकहरुलाई सर्च एन्ड फलो अप डिपार्टमेन्टमा वा उम सलाल, उम सुनैम, मेसाइमिर, अल वक्रा र अल रयान सर्भिस सेन्टरमा गई आवेदन पेश गरी सजाय तथा जरिवाना बिनै माफीको सुविधा लिन आग्रह गरेको छ ।

माथि उल्लेखित स्थानहरु दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला रहने मन्त्रालयले जनाएको छ । तीन प्रकारका कानुन उलङ्घन गरेकालाई वैधानिक बन्ने अवसर दिएको हो ।

* आवास नियम उल्लघंन गरेका आप्रवासी

* कार्य (वोर्किंङ भिसा) नियम उल्लघंन गरेका आप्रवासी

* पारिवारिक भ्रमणसम्बन्धी नियम उल्लघंन गरेका आप्रवासी

उल्लेखित नियम उल्लघंन गरेका रोजगारदाताहरु वा आप्रवासी नागरिकलाई यो घोषणामा उल्लेख गरिएको अवधिमा तोकिएको निकायमा गई आफ्नो कानुनी हैसियत संशोधन गरी लाभान्वित र कानुनी कारबाहीबाट बँच्न मन्त्रालयले आग्रह गरेको छ ।

यो प्रक्रिया आज शुरु भएर डिसेम्बर ३१ सम्म जारी रहनेछ । कतार सरकारको यो निर्देशन २०१५ को कानून नं ​​२१ को प्रावधान अन्तर्गत आप्रवासीहरुको बसाई तथा बाहिरिने नियम अन्तर्गत जारी गरिएको जनाएको छ ।

कतार सरकारले आममाफी दिने निणर्य गरेसंगै यहाँ गैरकानुनी रुपमा बसेका थुप्रै नेपाली कामदारहरु लाभान्वित हुने अपेक्षा गरिएको छ भने अहिलेसम्म यस प्रक्रिया बारे दोहास्थित नेपाली दूतावासले केहि सूचना जारी गरेको छैन् ।

दूतावासका अनुसार कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली वैधानिक रुपमा कार्यरत छन्। जसममा ११ हजार ९० जना महिला पनि कार्यरत छन् ।

यस्तो छ मन्त्रालयले नेपाली भाषामा जारी गरेको सूचना

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १० : ४० बजे

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।