कतारमा तीन प्रकारका कानुन उलङ्घन गरेका आप्रवासीलाई वैधानिक बन्ने अवसर « Khabarhub

कतारमा तीन प्रकारका कानुन उलङ्घन गरेका आप्रवासीलाई वैधानिक बन्ने अवसर


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपालीहरुको प्रमुख श्रम गन्तब्य रहेको कतारले अवैधानिक रुपमा बसेका नेपालीसहित विदेशी कामदारलाई आफ्नो अबैध आवासीय स्थिति सच्याउने अवसर दिएको छ ।

कतारको आन्तरिक मन्त्रालयले बिशेष अवसरलाई आप्रबासी कामदारहरूकै मातृभाषामा अनुवाद गरी दिएको समयसीमा भित्रै वैधानिक बन्न सचेत पार्न प्रचार प्रसार गरिरहेको छ । जसमा नेपाली भाषामा पनि मन्त्रालयले एक सूचना जारी गरेको छ ।

मन्त्रालयले नेपाली भाषामा जारी गरेको सूचना अनुसार कानुन उलङ्घन गरेका सबै आप्रबासी वा रोजगारदाता/प्रयोजकहरुलाई सर्च एन्ड फलो अप डिपार्टमेन्टमा वा उम सलाल, उम सुनैम, मेसाइमिर, अल वक्रा र अल रयान सर्भिस सेन्टरमा गई आवेदन पेश गरी सजाय तथा जरिवाना बिनै माफीको सुविधा लिन आग्रह गरेको छ ।

माथि उल्लेखित स्थानहरु दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला रहने मन्त्रालयले जनाएको छ । तीन प्रकारका कानुन उलङ्घन गरेकालाई वैधानिक बन्ने अवसर दिएको हो ।

* आवास नियम उल्लघंन गरेका आप्रवासी

* कार्य (वोर्किंङ भिसा) नियम उल्लघंन गरेका आप्रवासी

* पारिवारिक भ्रमणसम्बन्धी नियम उल्लघंन गरेका आप्रवासी

उल्लेखित नियम उल्लघंन गरेका रोजगारदाताहरु वा आप्रवासी नागरिकलाई यो घोषणामा उल्लेख गरिएको अवधिमा तोकिएको निकायमा गई आफ्नो कानुनी हैसियत संशोधन गरी लाभान्वित र कानुनी कारबाहीबाट बँच्न मन्त्रालयले आग्रह गरेको छ ।

यो प्रक्रिया आज शुरु भएर डिसेम्बर ३१ सम्म जारी रहनेछ । कतार सरकारको यो निर्देशन २०१५ को कानून नं ​​२१ को प्रावधान अन्तर्गत आप्रवासीहरुको बसाई तथा बाहिरिने नियम अन्तर्गत जारी गरिएको जनाएको छ ।

कतार सरकारले आममाफी दिने निणर्य गरेसंगै यहाँ गैरकानुनी रुपमा बसेका थुप्रै नेपाली कामदारहरु लाभान्वित हुने अपेक्षा गरिएको छ भने अहिलेसम्म यस प्रक्रिया बारे दोहास्थित नेपाली दूतावासले केहि सूचना जारी गरेको छैन् ।

दूतावासका अनुसार कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली वैधानिक रुपमा कार्यरत छन्। जसममा ११ हजार ९० जना महिला पनि कार्यरत छन् ।

यस्तो छ मन्त्रालयले नेपाली भाषामा जारी गरेको सूचना

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १० : ४० बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई