उद्योगहरुको अवस्थाबारे लेखाजोखा गर्न अर्थमन्त्रीको निर्देशन « Khabarhub

उद्योगहरुको अवस्थाबारे लेखाजोखा गर्न अर्थमन्त्रीको निर्देशन


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले नेपालका उद्योगहरुको अवस्थाकाबारे लेखाजोखा गर्न निर्देशन दिएका छन् ।

आइतबार स्टील र डण्डी व्यवसायीहरुसँगको छलपलमा अर्थमन्त्री जनार्दन शर्माले व्यवसायीहरुको समस्या बुझ्न समिति बनाएर अध्ययन गर्न निदेर्शन दिएका हुन् । उनले बाहिरबाट आउने सामानहरु के हुन ? कर्मचारीको अवस्था के छ ? उत्पादनको अवस्था के छ भन्नेबारे बुझन निर्देशन दिए ।

सरकारले लागू गरेको नयाँ व्यवस्थामा भन्सार वर्गीकरणको ७२०७ देखि ७२११ नम्बरमा पर्ने बिलेटमा भन्सार दर यथावत गरी अन्तःशूल्क प्रति मेट्रिकटन १६५० बाट बढाएर २५०० रुपैयाँ पुर्‍याएको छ । यस्तै, भाग ७२०३ अन्तर्गत स्पञ्ज तथा भाग ७२०४ अन्तरगत फलामको पत्रु भन्सारदर पूरै छुट दिँदै अन्तःशुल्क समेत नलाग्ने व्यवस्था समेत गरेको छ ।

तर एमएस बिलेट ल्याएर डण्डी बनाउने उद्योगीले मूल्य नबढाएको बताउँदै व्यवसायीहरुले स्पञ्ज आइरन ल्याएर डण्डी बनाउने उद्योगीले नै रडको मूल्य बढाएको बताए ।

अन्तरराष्ट्रिय बजारमा कच्चा पर्दाथको मूल्य बृद्धि भएको बताउँदै नेपालमा पनि मूल्य बढेको व्यवसायीहरुको भनाइ छ । उनीहरुले व्यवसायीहरुले कतिपय तथ्यांक गलत प्रयोग गरेको समेत जानकारी दिएका थिए ।

व्यवसायीहरुले २४ वटा उद्योग बन्द गर्ने र ६ वटा उद्योग सञ्चालन गर्ने प्रक्रिया गलत भएको बताएको जिकिर गरेका थिए ।

सरकारले प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरन आयातमा भन्सार छुट दिए पनि छड उत्पादकहरूले मूल्य बढाएको गुनासो बढेपछि छलफल गरिएको अर्थमन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ७ : ५६ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको