पासो लगाएको डोरी महँगोमा बिक्री हुने भन्दै डोरीले कसेर महिलाको हत्या, तीन जना पक्राउ « Khabarhub

पासो लगाएको डोरी महँगोमा बिक्री हुने भन्दै डोरीले कसेर महिलाको हत्या, तीन जना पक्राउ


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिलाको घाँटीमा डोरी कसेर हत्या गरेको अभियोगमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत चापागाउँको टोलीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–८ मंगलबारे घर भई ललितपुर महानगरपालिका–२८, हरिसिद्धि बस्ने २० वर्षीय सुमन मगर, मकवानपुर, रक्सिराङ गाउँपालिका–५, प्याङचे टोल घर भई हरिसिद्धि, नयाँ बस्ती २३ वर्षीय सविन प्रजा र उनको श्रीमती १८ वर्षीय प्रविना प्रजा माझी छन्।

गत भदौ २५ गते नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भइ ललितपुर महानगरपालिका–२७ बस्ने ४५ वर्षीया कमला तामाङको घाँटीमा डोरी कसेर हत्या गर्ने एक युवतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले सुरुमा सुमनलाई असोज २१ गते पक्राउ गरिएको थियो। उनकै बयानका आधारमा सविनका श्रीमान श्रीमती पक्राउ परेका हुन्।

अनुसन्धानका क्रममा घटनामा संलग्न सविन र सुमनले मानिस पासो लगाएर मरेको डोरी करोडौं रुपैयाँमा बिक्री हुने भन्ने कुरा सुनेर त्यस्तो डोरीबाट पैसा कमाउने उद्देश्यले महिलाको हत्या गरेको खुलेको महाशाखाले जनाएको छ।

प्रहरीका अनुसार हत्या गरिएकी महिला सुमन मगरको चिनजान एवं अवैध सम्बन्ध हुने गरेकी टहरामा एक्लै बस्ने महिला हुन्। उनीहरूले भदौ २४ गते साँझ मृतकको टहरामा गई मादक पदार्थ सेवन गरी सुत्ने क्रममा मृतकको हात बाँधेर घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ९ : ३५ बजे

२४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवलाई सर्वोच्चको आदेश

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत

सरकारद्वारा भदौ २३ लाई ‘जेन-जी शहीद दिवस’ घोषणा

काठमाडौं– सरकारले प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेन-जी शहीद दिवसको

अमेरिकी सवारीसाधन बिक्रीमा तीव्र गिरावट

एजेन्सी– उच्च भन्सार शुल्क, बढ्दो महँगी र रोजगारी सङ्कुचनका कारण

नारायणगढ–गैँडाकोट जोड्ने आइकोनिक पुल निर्माण सुरु

नारायणगढ– मुलुकको पूर्वपश्चिम जोड्ने प्रमुख व्यापारिक नाका नारायणगढस्थित नारायणी नदीमाथि