पासो लगाएको डोरी महँगोमा बिक्री हुने भन्दै डोरीले कसेर महिलाको हत्या, तीन जना पक्राउ « Khabarhub

पासो लगाएको डोरी महँगोमा बिक्री हुने भन्दै डोरीले कसेर महिलाको हत्या, तीन जना पक्राउ


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिलाको घाँटीमा डोरी कसेर हत्या गरेको अभियोगमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत चापागाउँको टोलीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–८ मंगलबारे घर भई ललितपुर महानगरपालिका–२८, हरिसिद्धि बस्ने २० वर्षीय सुमन मगर, मकवानपुर, रक्सिराङ गाउँपालिका–५, प्याङचे टोल घर भई हरिसिद्धि, नयाँ बस्ती २३ वर्षीय सविन प्रजा र उनको श्रीमती १८ वर्षीय प्रविना प्रजा माझी छन्।

गत भदौ २५ गते नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भइ ललितपुर महानगरपालिका–२७ बस्ने ४५ वर्षीया कमला तामाङको घाँटीमा डोरी कसेर हत्या गर्ने एक युवतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले सुरुमा सुमनलाई असोज २१ गते पक्राउ गरिएको थियो। उनकै बयानका आधारमा सविनका श्रीमान श्रीमती पक्राउ परेका हुन्।

अनुसन्धानका क्रममा घटनामा संलग्न सविन र सुमनले मानिस पासो लगाएर मरेको डोरी करोडौं रुपैयाँमा बिक्री हुने भन्ने कुरा सुनेर त्यस्तो डोरीबाट पैसा कमाउने उद्देश्यले महिलाको हत्या गरेको खुलेको महाशाखाले जनाएको छ।

प्रहरीका अनुसार हत्या गरिएकी महिला सुमन मगरको चिनजान एवं अवैध सम्बन्ध हुने गरेकी टहरामा एक्लै बस्ने महिला हुन्। उनीहरूले भदौ २४ गते साँझ मृतकको टहरामा गई मादक पदार्थ सेवन गरी सुत्ने क्रममा मृतकको हात बाँधेर घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ९ : ३५ बजे

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,