यी हुन् पहिलो डेटमा जादाँ गर्नै नहुने ५ गल्ती | Khabarhub Khabarhub

यी हुन् पहिलो डेटमा जादाँ गर्नै नहुने ५ गल्ती


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल प्रेममा नपर्ने कमै होलान् । अधिकाशं युवा माया प्रेममा परेका हुन्छन् । यस्तोमा आफ्नो प्रेमी वा प्रेमिकासँग डेटमा जानु नौलो रहेन ।

प्रेमी वा प्रेमीका आफ्नो माया पाउन मरिहत्ते गर्दछन् । आफ्नो पार्टनरलाई कसरी आर्कषित गर्ने भन्ने उनीहरूको ध्याउन्न हुन्छ । तर जान अन्जानमा भएका कतिपय व्यवहारले पार्टनरसँग मनमुटाव हुन सक्छ । स–साना कुरामा पनि रिझाउन सकिएन भने प्रेममा दुरी बढ्दछ । तसर्थ आफ्नो प्रेम टिकाइ राख्न केही कुरामा सजग हुन आवश्यक छ ।

प्रेमी वा प्रेमीकालाई आर्कषित गर्न सबैको चासो हुन्छ । तर आकर्षित गर्ने नाममा अपनाइएका केही उपाय कहिलेकाहिं फेल खान्छ । र पार्टनर तर्किने गर्दछन् । यदि कुरा पहिलो डेटको हो भने यसमा त झन् बढि सजग हुनु पर्दछ । पहिलो डेटमा जादाँ भुलेर पनि निम्न काम नगर्नुहोस् ।

क) ढिला पुग्ने
कुर्नु कसैलाई पनि मन पर्दैन । त्यसैले डेटमा जादाँ आफ्नो अभिमान देखाउन ढिला नपुग्नुहोस् । तर यसको मतलव समय भन्दा १ घण्टा अगावै पुग्नु पर्दछ भन्ने चाँहि होइन ।

ख) छोटो पहिरन लागाउने
कतिपय युवतीहरू आर्कषक देखिने नाममा वा प्रेमीलाई आर्कषित पार्न छोटो पहिरन लगाउने गर्दछन् । छोटो पहिरनले आर्कषक देखाउँछ भन्ने हुदैँन । त्यसैले आफू सुहाउँदो ठिक्क कपडा लगाएर जानु उपयुक्त हुन्छ ।

ग) धेरै मेकअप गर्ने
डेटमा जादाँ महिला वा पुरुष दुवैले धेरै मेकअप गर्नु हुदैँन । मेकअप केही घण्टामा बिस्तारै हराउँदै जान्छ । यस्तोमा धेरै मेकअप गरीएको छ भने झन् असुहाउँदिलो देखिन्छ । पुरुषले अनुहारको मेकअप नगर्दा पनि हुन्छ । महिलाले सामान्य मेकअप गर्दा नै उपयुक्त हुन्छ ।

घ) बनावटी वा बढि कुरा गर्ने
डेटमा जादाँ कतिपय स्वभावका कारण धेरै कुरा गर्दछन् । आफ्नो स्वभावका कारण डेटमा पनि उनीहरू बनावटी वा चाहिने भन्दा बढि कुरा गर्न पुग्छन् । तर यो राम्रो होइन ।

ङ) भोकै नबस्ने
डेटमा सकेसम्म भोकै नजानुहोस् । लामो समय खाली पेट बस्दा स्वास्थ्य बिग्रन सक्छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १० : ४९ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास