विश्वकप टी-२० : भारतको नयाँ कप्तान रोहित « Khabarhub

विश्वकप टी-२० : भारतको नयाँ कप्तान रोहित


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकपमा खराब प्रदर्शन गरेको भारतले न्यूजिल्यान्ड भ्रमणका लागि रोहित शर्मालाई कप्तानको जिम्मेवारी दिएको छ ।

नोभेम्बर १७ बाट सुरु हुने न्यूजिल्यान्डविरुद्ध तीन टी-२० खेल शृंखलामा शर्माले १६ सदस्यीय टोलीको नेतृत्व सम्हाल्नेछन् । केएल राहुललाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।

न्यूजिल्यान्डविरुद्धको शृंखला नयाँ प्रशिक्षक राहुल द्रविडका लागि समेत पहिलो परिक्षण हुनेछ ।

आइसीसी टी-२० विश्वकप क्रिकेटपछि कप्तानबाट हट्ने घोषणा गरेका विराट कोहलीलाई न्यूजिल्यान्डविरुद्धको भ्रमणका लागि घोषणा गरेको टोलीमा समावेश गरिएको छैन ।

यस पटक भारतीय टोलीमा वेनकटेस अ‍ैयर, आभेस खान र हर्षल पटेललाई पनि समावेश गरिएको छ । त्यस्तै श्रेयस अ‍ैयर, मोहम्मद सिराज र युज्वेन्दर चाहलले भने टोलीमा पुनरागमन गरेका छन् ।

यस संस्करणको विश्वकपमा उपाधिको दाबेदार मानिएपनि भारतको यात्रा सुपर १२ मा सीमित भएको थियो ।

भारतको टोली – रोहित शर्मा, लोकेश राहुल (उपकप्तान), ऋतुराज गायकवाड, श्रेयस ऐर, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), ईशान किशन (विकेटकिपर), वेंकटेश ऐर, युजभेन्द्र चहल, रविचन्द्रन आश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दीपक चारह, हर्षल पटेल र मोहम्मद शिराज ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ८ : २८ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले