प्रियंकालाई औंठी दिन स्टोर बिक्री | Khabarhub Khabarhub

प्रियंकालाई औंठी दिन स्टोर बिक्री


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– प्रियंका चोपडा बलिउडकी यस्ती अभिनेत्री हुन्, जसले बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाएकी छन् । ‘देशी गर्ल’का रुपमा परिचित प्रियंकाले हलिउड पुगेपछि सफलता मात्र पाइनन्, उनले जीवनसाथी निक जोनस पनि पाइन् ।

प्रियंका प्रायः सामाजिक सञ्जालमा पति निकसँगको कैयौं तस्वीर र भिडियो शेयर गरिरहन्छिन् । हालैमात्र प्रियंकाले हलिउडका मिडियासँगको कुराकानीमा आफ्नो सबैभन्दा प्रिय र महंगो वस्तुको बारेमा बताइन् ।

प्रियंकाका अनुसार उनको जीवनको सबैभन्दा प्रिय वस्तु अहिले उनका पति निकले दिएको इन्गेजमेन्ट औंठी रहेको छ । ‘मैले यसो भनिनँ भने निकले मलाई मार्छन् । तर म आफ्नो गहनाको मामलामा भावुक छु । मेरो इन्गेजमेन्टको औंठीले मलाई बितेका दिनको सम्झना गराउँछ,’ प्रियंकाले भनेकी छन् । प्रियंका र निकले सन् २०१८ मा विवाह गरेका थिए ।

प्रियंका र निकको इन्गेजमेन्टको समयमा उनको औंठीको चर्चा निकै भएको थियो । समाचार अनुसार प्रियंकालाई इन्गेजमेन्टको औंठी दिनका लागि निकले आफ्नो एक स्टोर नै बेचेका थिए । यो औंठीको मूल्य करिब २ लाख डलर थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ११ : १८ बजे

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको

पुजार सार्की : बुबाको जवानीको ‘लुक्स’का आर्यन

काठमाडौं– ‘लभर बोई’को परिचय बनाएका एक समय महँगा स्टार आर्यन

कांग्रेसले समय मागेपछि कार्यदलको बैठक स्थगित

काठमाडौं- सहकारी ठगी प्रकरणलाई लिएर संसदीय छानबिन समिति गठनका लागि

युवतीलाई ‘आँखा झिम्क्याएको’ निहुँमा ट्राफिक प्रहरी जवानको हत्या

काठमाडौं : ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज