एमाले अधिवेशनः इलामका दुई स्थानीय तहमा महिला नेतृत्व « Khabarhub

एमाले अधिवेशनः इलामका दुई स्थानीय तहमा महिला नेतृत्व


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– नेकपा एमालेको गाउँ नगर अधिवेशनका क्रममा इलामका दुई स्थानीय तहमा महिलाले नेतृत्व लिएका छन् ।

६ गाउँपालिका र ४ नगरपालिका रहेको इलामका १० स्थानीय तह मध्ये दुई ठाउँमा महिला अध्यक्ष बनेका हुन् ।

पछिल्लो पटक चुलाचुली गाउँपालिकामा दिलू लावतीको अध्यक्षतामा सर्वसम्मत गाउँकमिटी गठन भएको छ ।

पार्टीका जिल्ला सचिवालय सदस्य ओमनारायण खनालका अनुसार लावतीको अध्यक्षतामा कुमार राई उपाध्यक्ष र ऋतुप्रसाद अधिकारी सचिव रहेको गाउँकमिटी गठन भएको हो । कमिटीको उपसचिवमा होमनाथ दाहाल र सञ्जू प्रधान निर्वाचित भएका छन् ।

यस अघि इलामकै सुर्योदय नगरपालिकामा समेत महिला अध्यक्ष बनेकी थिईन् । त्यहाँ दूर्गा भट्टराई एमालेको नगरकमिटी अध्यक्षमा निर्वाचित बनेकी हुन् ।

इलामका सवै स्थानीय तहमा एमालेको गाउँ–नगर अधिवेशन भई सकेको छ भने माङ्सेवुङ्मा शुक्रबार हुनेछ । केही समय अघि बाढी पहिरोका कारण अधिवेशनको समय सारिएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १२ : १८ बजे

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र