एमाले अधिवेशनः इलामका दुई स्थानीय तहमा महिला नेतृत्व | Khabarhub Khabarhub

एमाले अधिवेशनः इलामका दुई स्थानीय तहमा महिला नेतृत्व


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– नेकपा एमालेको गाउँ नगर अधिवेशनका क्रममा इलामका दुई स्थानीय तहमा महिलाले नेतृत्व लिएका छन् ।

६ गाउँपालिका र ४ नगरपालिका रहेको इलामका १० स्थानीय तह मध्ये दुई ठाउँमा महिला अध्यक्ष बनेका हुन् ।

पछिल्लो पटक चुलाचुली गाउँपालिकामा दिलू लावतीको अध्यक्षतामा सर्वसम्मत गाउँकमिटी गठन भएको छ ।

पार्टीका जिल्ला सचिवालय सदस्य ओमनारायण खनालका अनुसार लावतीको अध्यक्षतामा कुमार राई उपाध्यक्ष र ऋतुप्रसाद अधिकारी सचिव रहेको गाउँकमिटी गठन भएको हो । कमिटीको उपसचिवमा होमनाथ दाहाल र सञ्जू प्रधान निर्वाचित भएका छन् ।

यस अघि इलामकै सुर्योदय नगरपालिकामा समेत महिला अध्यक्ष बनेकी थिईन् । त्यहाँ दूर्गा भट्टराई एमालेको नगरकमिटी अध्यक्षमा निर्वाचित बनेकी हुन् ।

इलामका सवै स्थानीय तहमा एमालेको गाउँ–नगर अधिवेशन भई सकेको छ भने माङ्सेवुङ्मा शुक्रबार हुनेछ । केही समय अघि बाढी पहिरोका कारण अधिवेशनको समय सारिएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १२ : १८ बजे

ब्याट्री कारखानामा छापा, तीन सय कोरियाली नागरिक पक्राउ

जर्जिया – अमेरिकाको जर्जिया राज्यमा निर्माणाधीन हुन्डाई र एलजी एनर्जी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक