ईपीएस परीक्षा पास गरेकालाई चाँडै कोरिया लैजान सरकारको आग्रह « Khabarhub

ईपीएस परीक्षा पास गरेकालाई चाँडै कोरिया लैजान सरकारको आग्रह


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ ।

नेपाल र गणतन्त्र कोरियाबीच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान अनुरोध गरेको हो । साथै सरकारले ईपीएसअन्तर्गत नेपालका लागि कोटा सङ्ख्या बढाउन आग्रह पनि गरेको छ ।

बैठकमा दुई पक्षबीच कोभिड–१९ विरुद्ध प्रतिकार्य र पुनरुत्थान, व्यापार, लगानी, रोजगारी, ऊर्जा, प्रविधि, शिक्षा, पर्यटन, संस्कृति र जनस्तरको सम्बन्धका क्षेत्रमा सहकार्यलाई थप प्रवद्र्धन गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापाले जानकारी दिए ।

“दुवै देशको अर्थतन्त्रमा कोरियामा रहेका नेपाली कामदारको योगदान महत्वपूर्ण रहेको स्वीकार गर्दै दुवै पक्षले रोजगार ईपीएससम्बन्धी समझदारी पत्रलाई चाँडोभन्दा चाँडो नवीकरण गर्नुपर्नेमा सहमति जनाएका छन्,” परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख एवं नेपाली प्रतिनिधिमण्डलका नेता थापाले भने ।

बैठकमा नेपाल–कोरिया सम्बन्धको समग्र पक्षबारे विचारविमर्श हुनाका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवद्र्धन गर्न उच्चस्तरीय भ्रमण आदानप्रदान र संलग्नतामा जोड दिइएको थियो । छलफलका क्रममा दुवै पक्षले संयुक्त राष्ट्रसङ्घ र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लगायत क्षेत्रीय तथा बहुपक्षीय तहमा पारस्परिक लाभका क्षेत्रमा सम्भावित सहयोगबारे पनि विचार आदान प्रदान गरेका थिए ।

थापा नेतृत्वको प्रतिनिधिमण्डलमा नेपाल सरकारका विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीको सहभागिता थियो भने र कोरियाली प्रतिनिधिमण्डलमा दक्षिण एसियाली तथा प्रशान्त मामिला ब्यूरोका महानिर्देशक सङ्ग्र्योल लीसहित कोरियाली परराष्ट्र मन्त्रालय, कोरियाली दूतावासका अधिकारी, कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) नेपाल कार्यालयका देशीय निर्देशक र प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  २ : ०५ बजे

रास्वपातिर पनि सम्पर्कमा छन् शनिबार कुलमानसँग चार घण्टा बिताएका बालेन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जा मन्त्री

बाँकेमा ११९ एचआइभी सङ्क्रमित भेटिए

नेपालगञ्ज– बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या ११९ पुगेको छ । जिल्ला

मेयर बालेन साहलाई पितृशोक

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई पितृ शोक परेको

नेतान्याहुको माफी अनुरोधले इजरायलमा नयाँ बहस

जेरुसेलम– भ्रष्टाचारको अभियोगको सामना गरिरहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लामो

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

तम्घास–रुरुक्षेत्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ