मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा सम्पन्न, पुँजी वृद्धि « Khabarhub

मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा सम्पन्न, पुँजी वृद्धि


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुक्तिनाथ क्यापिटल लिमिटेडको विशेष साधारणसभा यही कात्तिक २३ गते सम्पन्न भएको छ ।

क्यापिटलका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा कमलादी, काठमाडौँमा भएको विशेष साधारणसभाले प्रस्तावित १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

हकप्रद शेयर निष्काशनपछि क्यापिटलको पुँजि वृद्धि भई ४० करोड ५० लाख पुग्ने जनाइएको छ ।

मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिस्ट्रेशन, लगानी व्यवस्थापन, निक्षेप सदस्य तथा प्रत्याभूतिकर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आएको छ ।

कम्पनीले चालु आर्थिक वर्षदेखि संस्थागत परामर्शदाता अन्तर्गतका सेवाहरु संचालन गर्ने योजना रहेको विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी चालु आर्थिक वर्षभित्र मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रबद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहने गरी सामूहिक लगानी कोष सञ्चालन गर्ने योजना समेत रहेको जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  २ : ५२ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन