यमनी अभिनेत्री इंतिसारलाई पाँच वर्षको जेल सजाय « Khabarhub

यमनी अभिनेत्री इंतिसारलाई पाँच वर्षको जेल सजाय


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सना(बीबीसी)– यमनमा एक अभिनेत्री तथा मोडललाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । यमनका विद्रोहीहरुले अभिनेत्रीमाथि अभद्रतामा दोषी ठहराएको छ ।

२० वर्षीया अभिनेत्री इंतिसार–अल हम्मादीले गत फेब्रुअरीमा आफूलाई हिरासतमा राखेपछि आफूमाथि शारीरिक दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । उनले आफ्नो आँखामा पट्टी बाँधेर जबरजस्ती हस्ताक्षर गराएको समेत दाबी गरेकी थिइन् । उनीसँगै तीन महिलालाई पनि पक्राउ गरिएको थियो । उनीहरुलाई पनि जेल सजाय दिइएको छ ।

मानव अधिकार संगठन ह्यूमन राइट्स वाचले यो मामला निकै अनियमितपूर्ण रहेको जनाएको छ । यमनको पश्चिमोत्तर हिस्सा हूथी विद्रोहीको कब्जामा छ । उनीहरुले सन् २०१५ देखि सरकार समर्थक सेनाविरुद्ध युद्ध सुरु गरेका थिए ।

यमनको राजधानी सनामा हम्मादीलाई उनीमाथि लागेको आरोपको दोषी ठहराइएको छ । यसमा अभद्र व्यवहार गरेको र लागुऔषध राखेको आरोप पनि छ ।

हम्मादी र एक महिलालाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । दुई अन्यमध्ये एकलाई तीन र अर्की महिलालाई एक वर्षको सजाय दिइएको छ । चारै महिलाका वकिल आदिल अल–कमालले फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् ।

ह्यूमन राइट्स वाचकी एक असुन्धानकर्ता आफरा नासिरले ट्वीटमार्फत यो सजायलाई अनुचित र राजनीतिबाट प्रेरित बताएकी छन् । यमनका सूचना मन्त्री मोअम्मानर अल–एयरानीले यो घटना हूथी विद्रोहीहरुको महिलाविरुद्ध गरिएको हजारौं अपराधको एक उदाहरण भनेका छन् ।

हम्मादीका पिता यमनी र आमा इथियोपिाई हुन् । उनी कैयौं वर्षदेखि मोडलिङ गर्दै आएकी छन् । उनले यमनका दुई टेलिभिजन सिरियलमा अभिनय गरेकी छन् । उनले कैयौंपटक इन्टरनेटमा शीर नछोपिएको तस्वीर राखेकी छन् । कट्टरपन्थी मुस्लिम समाजमा यसलाई अनुचित मानिन्छ ।

उनको वकिलले गत जूनमा ह्युमन राइट्स वाचलाई हम्मादी अन्य महिलाहरुका साथ कारमा गइरहँदा हूथी विद्रोहीहरुले उनीहरुको कार रोकेर पक्राउ गरेका थिए । ‘उनको फोन जफत गरियो र उनको मोडलिङवाला तस्वीरलाई अभद्र भनियो । उनलाई ‘वेश्या’को उपमा दिइयो’, वकिलले भनेका छन् ।

ह्यूमन राइट्स वाचका अनुसार हम्मादीले जेलमा उनीसँग भेट्नका लागि अनुमति लिएर आएका मानवअधिकार कार्यकर्ताहरु र एक वकिलसँग कुराकानी गरेकी थिइन् । उनले आफूमाथि जबरजस्ती आँखा बन्द गराएर एक कागजमा हस्ताक्षर गराइएको र त्यो कागजमा आफ्नो सबै गल्तीलाई स्वीकार गरिएको लेखिएको दाबी गरेकी थिइन् ।

गत मार्चमा हम्मादीले सनाको केन्द्रीय कारागारमा पठाइएको थियो । उनका वकिलका अनुसार जेलमा प्रहरीले उनको रंग र उनको इथियोपियाई मूलको कारण उनलाई ‘वेश्या’ र ‘गुलाम’ भनेर बोलाउथे ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ३ : २५ बजे

तेलको मूल्य बढ्दा विश्व शेयर बजारमा गिरावट

एजेन्सी- तेलको मूल्य लगातार बढ्न थालेपछि विश्वभरका शेयर बजारमा शुक्रबार उल्लेख्य

धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु

घोडाघोडी– धनगढीमा ‘सुदूरपश्चिम कचहरी, २०८३’ सुरु भएको छ । सुदूरपश्चिम

विश्वकप क्रिकेट लिग-२ : अमेरिकाले नेपाललाई दियो १९६ रनको लक्ष्य

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा अमेरिकाले नेपालसामू

 चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

एजेन्सी– चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङ– पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ वटा