रसुवामा क्रियाशील सदस्यता विवाद « Khabarhub

रसुवामा क्रियाशील सदस्यता विवाद


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको छानविन समितिले नै फाराम नभरेका व्यक्तिलाई पनि क्रियाशली सदस्यता सदर गरिदिएको भन्दै हिमाली जिल्ला रसुवामा विवाद उत्पन्न भएको छ ।

नेपाली कांग्रेसको क्रियाशील सदस्यता फाराम नभरेकालाई क्रियाशील सदस्यता प्रदान गरेपछि विवाद बढेको हो । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा फाराम नभरेका एक सयभन्दा बढी व्यक्तिलाई छानविन समितिले नै सिधै क्रियाशील सदस्यता दिएको यहाँका कांग्रेस कार्यकर्ताले बताएका छन् ।

वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यको नामावली काटेर फाराम नै नभरेकालाई सदस्यता प्रदान गरेपछि कांग्रेसका रसुवाका युवा छानविन समितिप्रति आक्रोसित भएका हुन् ।

नेपाली कांग्रेस नौकुण्ड गाउँपालिका–१ रसुवाका वडा सभापति आशिष तामाङले जिल्लामा स्वच्छेचारी ढङ्गले सदस्यता वितरण गरिएको अरोप लगाउँदै क्रियाशील सदस्यताले पार्टीप्रति इमान्दार र आस्थावान् कार्यकर्ताको मनोवल गिराउने काम भएको बताए ।

पार्टीको १४औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा एमालेको वडा कमिटीमा रहेकालाई पनि क्रियाशील सदस्यता वितरण गरिएको कांग्रेसका युवाले जनाएका छन् ।

तिहार अगाडि ७५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गिँदा रसुवा र रौतहटको क्रियाशील सदस्यता टुङ्गिन बाँकी रहेकामा यहाँको आइतबार मात्र टु्ङ्ग्याइएको थियो ।

क्रियाशील सदस्यता विवाद समाधान समितिले पार्टीभित्रका इमान्दार नेता तथा कार्यकर्ताको मनोबल उकास्न नसकेको भन्दै नेपाली कांग्रेस रसुवाले आपत्ति जनाएको छ । वडा कार्यसमितिबाट सिफारिस गरिएका कार्यकर्ताको क्रियाशील सदस्यता कटौती गर्ने र विधानविपरीत गैरकांग्रेसलाई जबर्जस्ती सदस्यता वितरण गरिएको भन्दै क्रियाशील सदस्यता छानविन समितिको आलोचना भएको छ ।

क्रियाशील सदस्यताको छानबिन निष्पक्षरुपमा नभएसम्म १४ औँ महाधिवेशनमा भाग नलिने रसुवाका नेता कार्यकर्ता बताउँछन् । रसुवामा कांग्रेसका क्रियाशील सदस्यको सङ्ख्या तीन हजार ८५७ पुगेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १० : २५ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका