एक वर्षदेखिको आन्दोलन अन्त्य भएको भारतीय किसानको घोषणा « Khabarhub

एक वर्षदेखिको आन्दोलन अन्त्य भएको भारतीय किसानको घोषणा


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय किसानहरूले एक वर्ष लामो आम प्रदर्शन अन्त्य भएको बताएका छन् । सरकारले विवादास्पद कृषिसम्बन्धी कानुन खारेज गरेको एक सातापछि किसानहरूले पनि आन्दोलन अन्त्य भएको घोषणा गरेका हुन् ।

सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको विरोधमा हजारौँ किसानहरू राजधानी नयाँ दिल्लीको सीमा क्षेत्रमा विगत एक वर्षदेखि प्रदर्शन गर्दै आएका थिए । प्रदर्शनका क्रममा गर्मी, ठन्डी तथा कोभिडका कारण दर्जनौँ किसानहरुको मृत्यु भएको थियो । शनिबारदेखि किसानहरू आआफ्ना घरमा फर्किने भएका छन् ।

किसान आन्दोलन प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारलाई ठुलो चुनौती साबित भएको थियो । किसानहरूका अन्य समस्या सम्बोधन गर्न र उत्पादित बस्तु तथा सेवाको मूल्य सुनिश्चित गर्न सरकार सहमत भएपछि किसानहरूका विभिन्न सङ्गठनले एक वर्षदेखिको आन्दोलन समाप्त भएको बताएका छन् । आन्दोलनरत किसानहरूमाथि लगाइएको मुद्दा पनि फिर्ता गर्न सरकार सहमत भएको छ ।

‘१५ जनवरीमा एउटा समिक्षा बैठक आयोजना गरेका छौँ । प्रतिबद्धता जनाए बमोजिम सरकारले हाम्रा माग पुरा गरेन भने हामी पुनः आन्दोलनमा फर्किनेछौँ,’ किसान नेता गुर्नाम सिंह चरुनीले स्थानीय सञ्चार माध्यमलाई भने ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ७ : ३५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर