२ नाबालक र २ युवतीको भारतबाट उद्धार « Khabarhub

२ नाबालक र २ युवतीको भारतबाट उद्धार


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगंज – जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनमा परेका दुई नाबालकसहित चार जनालाई भारतबाट उद्धार गरेको छ । झापाबाट झण्डै दुई वर्ष अगाडि नाबालक छोराछोरीसहित हराएका १८ र १९ वर्षीया दुई युवतीको प्रहरीले उद्धार गरेको हो ।

दुई वर्षदेखि खोजतलास गर्दै जाने क्रममा निजहरू भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा आकर्षक काममा लगाइदिने भनी झुक्याइ प्रलोभनमा पारेर बेचबिखनमा परेको थाहा पाएपछि प्रहरीले उद्धार गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले माइती नेपाल पर्सा तथा भारतीय काउन्टरपार्टस्सँग समन्वय गरी चारै जनालाई उक्त स्थानबाट उद्धार गरी ल्याउन सफल भएको प्रहरीले जनाएको छ ।

उक्त मानव बेचबिखन कसुरमा सलंग्न व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ८ : ०५ बजे

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

मिटर ब्याजको छानबिन सम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा

काठमाडौँ । सरकारले मिटरब्याजको छानबिन सम्बन्धी दुईवटा प्रतिवेदन कार्यान्वयमा लैजाने