४० लाखभन्दा बढी अफगान विद्यार्थी विद्यालय बाहिर : युनिसेफ « Khabarhub

४० लाखभन्दा बढी अफगान विद्यार्थी विद्यालय बाहिर : युनिसेफ


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा- संयुक्त राष्ट्र बाल आपतकालीन कोष (युनिसेफ)ले अफगानिस्तानमा ४० लाखभन्दा बढी बालबालिका अझै पनि विद्यालय बाहिर रहेको जनाएको छ । ४० लाखमध्ये आधाभन्दा बढी बालिका रहेको तथ्यांक सार्वजनिक भएको छ ।

पछिल्लो ३ महिनामा अफगानिस्तानका एक लाख ४२ हजार ७०० भन्दा बढी बालबालिकाको समुदायमा आधारित शिक्षाको पहुँचमा ल्याइएको पनि युनिसेफले उल्लेख गरेको छ ।  यससँगै पाँच हजार ३५० समुदायमा आधारित सिकाइ समूहहरु गठन गरेको पनि जनाइएको छ ।

युनिसेफका कार्यकारी निर्देशकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘धेरैजसो किशोर किशोरीहरूलाई अझै पनि विद्यालय जान अनुमति नदिइएकाले बालविवाहको जोखिम पनि बढेको छ । शिक्षा प्रायः बालविवाह र बालश्रम जस्ता नकारात्मक समस्याहरुको सामना गर्ने संयन्त्र र सुरक्षाको उपाय हो ।’

युनिसेफले गरेको एक अनुमानले १५ देखि ४९ वर्ष उमेर समूहका २८ प्रतिशत अफगान महिलाको १८ वर्षअघि नै विवाह भएको खुलासा गरेको छ ।

स्रोत : इन्डिया टुडे

 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १२ : ०५ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु