दुबै पक्ष सहमतिको प्रयासमा, उद्घाटन सत्रमा ढिलाइ (लाइभ) « Khabarhub

दुबै पक्ष सहमतिको प्रयासमा, उद्घाटन सत्रमा ढिलाइ (लाइभ)


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुरू हुनुअघि  सहमितको सन्देश दिन दुबै पक्ष असफल भएको छ ।

सभापतिमा शेरबहुदर देउवालाई नै उठाउने निर्क्यौलमा पुगेको संस्थापन पक्ष पदाधिकारीमा भने सहमति जुटाउन सफल भएको छैन । अन्तिम प्रयासस्वरूप प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरु जुटे पनि सहमति हुन सकेन ।

इतर समूहमा पनि सभापतिको साझा उम्मेदवारीमा सकस देखिएको छ । नेपाली कांग्रेसको सभापतिमा रामचन्द्र पौडेलको पक्षमा समर्थन जुट्दै गएको दाबी गरिए पनि प्रकाशमान सिंह र शेखर कोइरालाले दाबी छाडेका छैनन् ।

सभापतिमा पौडेललाई देउवाले प्रस्ताव गरे सहमति गर्ने नेता विमलेन्द्र निधीले बताए पनि पौडेल समूहभित्रै सहमति आकांक्षीले दाबी छाडेका छैनन् । सभापतिमा देउवा, पौडेल, निधी, सिंह, कोइराला नाम चर्चामा छ ।

तर, आफ्नो पक्षमा समर्थन नजुटेपछि महाधिवेशनमै सहभागी नहुने भन्दै विज्ञप्ति जारी गर्ने तयारी गरेपछि पौडेललाई नेताहरूले रोकेका थिए । तत् पश्चात सिंह र कोइरालाले छाडे आफूले पनि पौडेललाई समर्थन जनाउने भन्दै निधीले विज्ञप्ति जारी नगर्न आग्रह गरेका थिए ।

पौडेलको पक्षमा देउवा र सिंहबाहेक अरुको समर्थन देखिएको पौडेलको सचिवालयले दाबी गरेको छ । ‘सिंहबाहेक संस्थापनइतर पक्षको समर्थन रामचन्द्रजीलाई देखिएको छ । विमलेन्द्र निधीले पनि समर्थन जनाउने भएपछि आजै बेलुकासम्म उम्मेदवारी टुंगो लाग्छ’, पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले भने ।

नेताहरुबीच सहमति नजुट्दा महाधिवेशनको ‍औपचारिक कार्यतालिका पनि प्रभावित भएको छ । भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधि, विभिन्न पार्टीका नेताहरु सहभागी भए पनि कांग्रेस शीर्ष नेता नै पुगेका छैनन् ।

हेर्नूहोस् भिडियो

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १ : २३ बजे

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको