म थाकेको होइन, बलियो कांग्रेसलाई खुन दिन आएको हुँ : गच्छदार | Khabarhub Khabarhub

म थाकेको होइन, बलियो कांग्रेसलाई खुन दिन आएको हुँ : गच्छदार


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारले आफूले थाकेर नभई बलियो कांग्रेसलाई खुन दिन पार्टी एकता गरेको बताएका छन् ।

उनले कांग्रेसको १४औं महाधिवेशनको उद्घाटनसत्रमा बोल्दै जय नेपालको नारालाई देशव्यापी बनाउन आएको धारणा राखेका हुन् ।

ुती वर्षअघि महासमिति बैठकमा दुवै नेता मिल्नुस्, गुटले कम्युनिस्टसँग जित्न सकिँदैन भनेको थिए । तर, मैले भनेको नमान्दा आजको परिणाम देखियो,ु उनले भने ।

उनले नेता कार्यकर्ताहरूलाई स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । ‘अस्वस्थ प्रतिस्पर्धा नगर्नुस् । म पनि स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन पहल गर्छु । एकताबद्ध भएर कांग्रेसमा आएको छु,’ उनले भने ।

पार्टीमा मेलमिलाप र सहमतिको वातावरण बनाउनुपर्ने गच्छदारको धारणा छ । उनले कांग्रेसलाई एक ढिक्का बनाउन आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ६ : ३९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका