कांग्रेस महाधिवेशनः भोलि उम्मेदवारी दर्ता, यस्तो छ चुनावी कार्यतालिका « Khabarhub

कांग्रेस महाधिवेशनः भोलि उम्मेदवारी दर्ता, यस्तो छ चुनावी कार्यतालिका


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशनको बन्दसत्र शुक्रबार राति सकिएको छ । शुक्रबार दिउँसो भृकुटीमण्डमा महाधिवेशन उद्घाटन भएको थियो । उद्घाटनसत्र सकिएपछि भएको बन्दसत्रले तीनवटा प्रतिवेदन पारित गरेको छ ।

कोषाध्यक्षको आर्थिक प्रतिवेदन, महामन्त्रीद्वोय डा शशांक कोइराला र पूर्णबहादुरको राजनीतिक तथा सांगठनिक र उपसभापति विमलेन्द्र निधिले पेस गरेको प्रतिवेदन पारित भएका छन् । यस्तै विधानका विभिन्न धाराहरुको बाधाअड्काउ फुकाउसम्बन्धी प्रस्ताव पनि पारित भएका छन् ।

बन्दसत्र सत्रिएपछि महाधिवेशन अब चुनाव केन्द्रित हुनेछ । शनिबार उम्मेदवारी दर्ता हुने छ भने सोमबार मतदान हुनेछ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको चुनावी कार्यतालिका यस्तो छः

नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, सानेपा, ललितपुरमा।

१ महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशनः २०७८ मंसिर २४ गते बिहान १० बजे।

२ उम्मेदवारको मनोनयन दर्ताः २०७८ मंसिर २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म।

३ उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुँझः २०७८ मंसिर २५ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म।

४ दाबी विरोध उपर निर्णयः २०७८ मंसिर २५ गते बेलुका ७ बजेदेखि ९ बजेसम्म।

५ उम्मेदवारको पहिलो नामावली प्रकाशन ९देवनागरिक वर्णानुक्रम अनुसार०ः २०७८ मंसिर २५ गते बेलुका ९ बजेदेखि १२ बजेसम्म।

६ मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समयः २०७८ मंसिर २६ गते बिहान ११ बजेसम्म।

७ उम्मेदवारको अन्तिम नामावली प्रकाशनः २०७८ मंसिर २६ गते दिउँसो १२ः१५ बजे।

८ मतदानः २०७८ मंसिर २७ गते बिहान ८ बजे।

राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा।

सभापति पदको मतगणनाः मतदान समाप्त भएपछि।

सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचन सम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिनेछ।

सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिहरुको रोहबरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालय केन्द्रीय निर्वाचन समितिले तोकेको कोठामा सुरक्षित गरी कोठाको समेत शिलबन्दी गरिनेछ।

सभापति पदको बाहेक बाँकी पदाधिकारी र सदस्यहरुको मतगणना नेपाली कांग्रेस, केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ११ : ०० बजे

कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै, चुनावी समीक्षा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनपश्चात् दोस्रो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा