कसरी क्यान्सरमा उपयोगी हुन्छ काँचो लसुन र प्याज ? « Khabarhub

कसरी क्यान्सरमा उपयोगी हुन्छ काँचो लसुन र प्याज ?


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अधिकांश नेपालीको भान्सामा दैनिक स्वादका लागि खानामा प्याज र लसुन मिसाउने गरिन्छ । तर धेरैलाई थाहा नहुन सक्छ लसुन प्याजले स्वाद बढाउनुका साथै शरीरमा क्यान्सरसँग लड्ने क्षमता पनि बढाउँछ ।

लसुन र प्याजमा क्यान्सर बिरोधी यौगिक पाइन्छ । जसले क्यान्सरको बिरामी हुनबाट रोक्ने सामथ्र्य राख्दछ । यसमा रहेको यौगिक र रसायनले केही प्रकारको क्यान्सरको कोशिका शरीरमा बढ्न दिदैन । कसरी क्यान्सरबाट बचाउँछ त लसुन र प्याजले ?

१. प्याज र लसुनमा रहेको यौगिकले इन्जाइम्सलाई बढाव दिन्छ जसले कार्सिजेनिक तत्व बढ्नबाट रोक्दछ । त्यसलाई नष्ट गर्छ । कार्सिजेनिक शरीरमा क्यान्सर पैदा गर्ने तत्व हो ।

२. प्याज र लसुन दुबैमा एन्टि अक्सिडेन्ट हुन्छ, जो फ्रि रेडिकल्स डिएनए कोसिकामा नोक्सान पुग्नबाट बचाउँछ । यसैले क्यान्सरबाट बचाउनका लागि दुबै उपयोगी हुन्छ ।

३. प्याजको सेवनले कोलोन क्यान्सरको खतरा ५६ प्रतिशत र ब्रेस्ट क्यान्सरको खतरा २५ प्रतिशतले कम हुन्छ ।

४. लसुनले प्रोस्टेट र ब्रेस्ट क्यान्सरका साथै अन्य धेरै प्रकारको क्यान्सरबाट बचाउन ठुलो सहयोग गर्दछ ।

कसरी प्रयोग गर्ने ?

प्याज र लसुनबाट स्वास्थ्य लाभ लिनका लागि यसलाई काँचो सेवन गर्नु उत्तम मानिन्छ । प्याज काटेर १५ मिनेट छाड्ने र त्यसपछि मात्र सेवन गरेमा एन्टि क्यान्सर गुण बढ्दछ ।

सातामा एक केस्रा लसुन सेवन गर्दा कोलोन क्यान्सरको सम्भावना ३० प्रतिशतले कम हुन्छ । सातामा पाँच केस्रा लसुन सेवन गर्दा पेटको क्यान्सरको खतरा कम हुन्छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ५ : ५८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा