नकारात्मक टिप्पणी गर्ने बानी वा भावना हटाउने १२ उपयोगी टिप्स « Khabarhub

नकारात्मक टिप्पणी गर्ने बानी वा भावना हटाउने १२ उपयोगी टिप्स


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसमा सकारात्मक र नकारात्मक भावना हुने गर्दछ । समय, परिस्थीती र वातावरण अनुसार मानिसको भावना बदलिरहन्छ । तर, अहिलेको समयमा धेरै मानिसले जे बिषय वा कुरामा पनि खोट लगाउने वा नकारात्मक भावन राख्दछन् । यस्तो प्रवृत्तिले उनीहरुलाई हानी गर्दछ । त्यसैले कसरी आफूलाई सकारात्मक बनाउने त ?

स्मरण राख्नुहोस्, तपाई कुनै कुरामा नकारात्मक हुनु भयो वा नकारात्मक चर्चा गर्नु भयो भने यसले हामीलाई सुखी हुन दिदैन । तसर्थ हामीले नकारात्मक कसरी नहुने ? वा नकरात्मकता के हो ? भनेर बुझ्न जरुरी छ ।

के हो नकारात्मकता ?
नकारात्मकता अर्कोको काममा कमजोरी मात्र खोज्ने प्रवृत्ति हो । यो त्यसबेला हुन्छ जब हामी आफ्नै कामबाट सन्तुष्ट हुन सक्दैनौ । अझ कुनैपनि कुरालाई जानाजान गलत ढंगले हेर्दा वा बुझ्दा केवल अर्काको प्रगतिमा इष्र्या पैदा हुन्छ तपाईको व्यक्तिवत्व विकास हुदैन । यो राम्रो कुरा सुन्ने बानीको विकास नहुदा पनि हुने गर्दछ । कालान्तरमा यस प्रकारको भावनाले आफूमा हिनताबोध पैदा हुदै जान्छ ।

नकारात्मक हुनबाट कसरी बच्ने ?
१. नकारात्मक हुनबाट रोक्न पहिले नकारात्मक टिप्पणी मात्र गर्ने साथीबाट टाढा हुनुहोस् ।
२. अरुको बारेमा राम्रो होस् वा नराम्रो कुनै पनि टिप्पणी गर्ने बानी त्याग्नुहोस् ।
३. अरुको काममा राम्रो पक्ष के छ ? त्यसको खोजी गरेर त्यसको मात्र चर्चा गर्नुहोस् ।
४. सोच्ने शैली नकारात्मक मात्र हुदैँ गएमा आफूमा कमजोरी छ भनेर बुझ्नुहोस् ।
५. आफू र आफ्नो कामलाई जिम्मेवार बनाउनुहोस्, आफू राम्रो बन्ने प्रयाश गर्नुहोस् ।
६. अरुको काममा टिप्पणी गर्नुअघि आफ्नो क्षमता र टिप्पणीको आवश्यकता खोज्नुहोस् ।
७. आफुलाई अरुसँग तुलना गरेर इष्र्याको भावना आउन नदिनुहोस् ।
८. अरुलाई पनि कसैसंग तुलना गरेर दाज्ने वा आँक्ने काम बन्द गर्नुहोस् ।
९. काममा असफलता हात लागेमा निरास हुनुको साटो असफलताबाट पाठ सिक्नुहोस् ।
१०. रुची अनुसारको काममा व्यस्त बनाउनुहोस् यसकालागी आफैलाई प्रेरीत गर्नुहोस् ।
११. वितेको कुरा वा भविष्यको चिन्तामा बग्नुको साटो वर्तमानमा बाँच्ने अभ्यास गर्नुहोस् ।
१२. प्रसंग वा बिना कारण पनि हाँस्नुहोस्, यसले पनि नकारात्मक सोंच आफै हट्छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ६ : १० बजे

स्थानिय तहमा सेवा प्रवाह प्रभावित भए कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख

कोशी प्रदेशसभाबाट आमसञ्चार विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा

ओली र लेखक दुवैका बन्दी प्रत्यक्षीकरण रिट खारेज, परमादेश जारी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट