सन् २०२१ मा प्रेम जीवन सुखद रहने सात राशी « Khabarhub

सन् २०२१ मा प्रेम जीवन सुखद रहने सात राशी


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शुक्र ग्रहलाई प्रेमको कारक ग्रह मानिन्छ । ज्योतिषका अनुसार कुण्डलीमा शुक्रको स्थितिका कारण सम्बन्ध बन्ने वा बिग्रने गर्दछ । तर सन् २०२१ मा ७ राशीले भने शुक्रको कृपाको कारण प्रेममा विशेष सम्बन्ध रहनेछ ।

यो वर्ष ती ७ राशीले सच्चा प्रेम पाउने, विवाह बन्धनमा बाधिने र जीवनमा रोमान्स रहनेछ । कुन कुन राशी हुन् त ती ?

मेष राशी
मेष राशिका जातक सिंगल छन् र प्रेमको खोजीमा छन् भने सन् २०२१ को बर्षमा उनले विशेष मानिस भेट्ने संभावना प्रबल छ । यो बर्षमा प्रेममय जीवन बिताउने उत्तम समय रहेको छ । विवाहितले सुखद् दाम्पत्य जीवन बिताउने छन् । सम्बनध जोडिएकाहरुको पनि यो बर्ष सुमधुर जीवन रहनेछ । तथापी पार्टनरसंग नकारात्मकता कुरा गर्नबाट बच्नुहोस् ।

वृष राशी
वृष राशीका जातककालागी सन् २०२१ को वर्ष सम्बन्धमा प्रेम र उत्साह लिएर आएको छ । सिंगलको जीवनमा खास व्यक्तिको आवागमन हुने संभावना प्रबल छ । यस बर्ष विपरीत लिङ्गी नयाँ साथी बन्ने र पछि उहि जीवनसाथी बन्ने संभावना छ । तसर्थ जीवनमा आएका नयाँ व्यक्तिलाई नजरअन्दाज नगर्नुहोला ।

मिथुन राशी
मिथुन राशीका जातककालागी सन् २०२१ को वर्ष अत्यन्त शुभ रहेको छ । सिंगल रहेका जातकको जीवनमा प्रेम प्राप्तीको योग छ । यस राशीका जातकले आफ्नो पार्टनरलाई अत्यन्त धेरै खुसी दिने समय रहेको छ । यस बर्ष जीवनसाथीसंग खुलेर समय बिताउने समय रहेको छ । मिथुन राशिका विवाहयोग्य जातक विवाह बन्धनमा बाधिने संभावना छ ।

कन्या राशी
पहिलेबाटै सम्बन्धमा रहेका कन्या राशीका जातककालागी प्रेम प्रस्ताव गर्ने उचित समय छ । यो समय मन परेको मानिसलाई गरेको प्रस्तावको सकारात्मक जवाफ आउन सक्छ । सिंगलकालागी नयाँ व्यक्तिको आवागमनले जीवनमा नयाँ रंग थप्ने संभावना छ । साथै विवाहकालागी पहल थालेमा यो वर्ष विवाह हुनसक्छ ।

वृश्चिक राशी
वृश्चिक राशीका जातकलाई सन् २०२१ को वर्ष आफू अनुकूल रहनेछ । शुक्र र बृहस्पतिको प्रभावका कारण नयाँ प्रेम पाउन मद्दत पुग्नेछ । पहलेबाटै सम्बन्धमा रहेकाहरुले मन परेको मानिसबाट प्रेम प्रस्ताव पाउन सक्नेछन् । बृहस्पति गोचरका साथै यस राशीका जातककालागी सबै समस्या तथा कष्ट निवारण हुने उत्तम समय छ ।

मकर राशी
मकर राशीका सिंगल जातककालागी उपयुक्त साथी खोज्न सन् २०२१ को वर्ष उत्तम रहनेछ । यस वर्ष भेटिएको नयाँ व्यक्तिले मनमा डेरा जमाउन सक्नेछ । पुराना साथी वा कार्यालयका सहयोगीसंग प्रेम हुन सक्नेछ । यो वर्ष मकर राशीका जातकले आफ्नो प्रेम जीवनमा अद्भुत अनुभव पाउनेछन् ।

कुम्भ राशी
सन् २०२१ को अप्रिल २० पछि कुम्भ राशीका सिंगल जातककालागी शुभ रहनेछ । यो वर्ष आफ्नो इच्छा अनुसारको प्रेमी प्रेमिका वा जीवनसाथी भेटिनेछ । यहि कारणले यस राशीका जातकको भाग्यमा वृद्धि समेत हुनेछ । आगामी महिना अप्रिल, मे, अगस्ट, सेटेम्बर र डिसेम्बरमा विवाह हुने संभावना र विवाह बन्धनमा बाधिन उपयुक्त समय रहेको छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ५ : ४४ बजे

बजेट कार्यान्वयनमा कुनै समस्या आउँदैन : मन्त्री लिङ्थेप

काठमाडौं– कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुर कुमार लिङ्थेपले

ट्राफिक नियम उल्लङ्घनमा कडाइ गर्न ५ हजारदेखि ५० हजारसम्म जरिवानाको प्रस्ताव

काठमाडौं– पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक नियम उल्लङ्घनमा

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता