दोस्रो बच्चा जन्माउनु अघि बुझ्नै पर्ने ५ कुरा « Khabarhub

दोस्रो बच्चा जन्माउनु अघि बुझ्नै पर्ने ५ कुरा


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

अधिकाशं दम्पतीहरुमा पहिलो सन्तानको कति अन्तराल दोस्रो सन्तान जन्माउन भन्नेमा दोधार रहने गरेको छ । यस्तोमा एक मात्र सन्तान जन्माउनेहरुका कारण एकल बच्चाहरु साथीभाईसँग घुलमिल नहुने भएकाले उनीहरुमा समाज तथा परिवारसँग एकाकार हुन कठिन हुन्छ । त्यसैले निश्चित समयान्तरमा दोस्रो बच्चा जन्माउनु नै राम्रो हो । तर, दोस्रो पटक गर्भधारण गर्दा भने केहि कुरामा विशेष ध्यान दिनु पर्ने हुन्छ ।

१. उमेर
उमेर ढल्किएपछि महिलाको गर्भवती भएमा सन्तान जन्माउनु निकै कष्टकर र जोखिमयुक्त हुन्छ । तसर्थ महिलाले ३५ बर्षपछि गर्भवती भएमा डेलिभरीको समयमा केहि कठिनाइ आउनुका साथै बच्चाको विकास पनि सहि ढंगले नहुन सक्छ । यस्तोमा ३५ बर्षपछिको उमेरमा गर्भवती हुनु खतरायुक्त हुनसक्ने भएकाले दोस्रो बच्चा जन्माउने योजना बनाउनेहरुले उमेरको पनि ख्याल गर्नुपर्छ ।

२. समायान्तर
पहिलो बच्चा जन्मिए लगत्तै वा त्यसको लामो ग्यापमा समेत दोस्रो बच्चा जन्माउनु उपयुक्त हुँदैन । पहिलो बच्चा र दोस्रो बच्चाको उमेर अन्तर धेरै हुनुहुन्न । तसर्थ पहिलो सन्तान भएको २ बर्षपछि दोस्रो सन्तान जन्माउनु उपयुक्त हुन्छ । यदि दुई सन्तानबीच १७ महिनाभन्दा कम ग्याप भएमा प्रीमेच्योर वर्थको सम्भावना हुन्छ । साथै ५ बर्षपछि गर्भधारण नहुने संभावना बढि हुन्छ । २ बर्षपछिको अन्तरमा बच्चा भएमा बच्चाहरु एकअर्काको साथी बन्छन् । उनीहरुलाई हुर्काउन समस्या हुँदैन । उनीहरुलाई एक्लोपनले सताउने छैन ।

३. ख्याल राख्ने
दुई सन्तान हुदाँ उनीहरुबीच आपसमा इष्र्याको भावना पैदा हुने गर्दछ । यस्तोमा उनीहरु आमाबुवाको व्यवहार देखि खेलौनासम्म बराबर अधिकार खोज्छन् । यदि बराबर पुर्याउन नसकेमा उनीहरु हठ गर्दछन् । तसर्थ यस्तोमा दुबैलाई समान ख्याल र व्यवहार गर्नुपर्छ ।

४. आर्थिकभार
दोस्रो सन्तान जन्माउने योजनामा रहनु भएको छ भने आफ्नो आर्थिक परिस्थितिको ख्याल गर्नुहोला । दुई सन्तान भएपछि स्वतः आर्थिकभार बढ्दछ । साथै उनीहरुको पालन पोषणमा लगानी समेत थपिने गर्दछ ।

५. सल्लाह
दोस्रो सन्तान जन्माउनेमा योजनामा रहदाँ दम्पतीबीच आपसी सल्लाह हुन आवश्यक हुन्छ । साथै यसकालागी परीपक्व साथी वा अभिभावकको परामर्श लिनु लाभदायक हुन्छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ८ : ०६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै