एक वर्षको अवधिमा मलेसियामा २७५ नेपालीले मृत्यु « Khabarhub

एक वर्षको अवधिमा मलेसियामा २७५ नेपालीले मृत्यु

८३ नेपालीको मुद्धा फैसला, ११२ को विचाराधीन



क्वालालम्पुर– रोजगारीको सिलसिलामा मलेसिया गएका २७५ नेपाली श्रमिकले ज्यान गुमाएका छन् । २०२० को जनवरीदेखि डिसेम्बर अन्त्य सम्ममा विभिन्न कारण २७५ जना नेपाली श्रमिकले ज्यान गुमाएको मलेसियास्थित नेपाली दूतावासका श्रम सहचारी प्रकाश पन्थीले जानकारी दिए ।

दूतावासले साप्ताहिक रुपमा गर्ने फेसबुक लाईभ कार्यक्रममा बोल्दै सहचारी पन्थीले आत्महत्या, सडक दुर्घटना, विभिन्न कम्पनीहरुको भित्र दुर्घटना, विभिन्न स्वास्थ्य समस्या लगायतका कारणले नेपालीको मृत्यु भएको हो ।

मलेसियामा आत्महत्या गर्ने तथा सुतेकै अवस्थामा मृत भेटिने नेपालीको सङ्ख्या अलिक बढी रहेको उनले बताए । रोजगारीका लागि यहाँ आएका नेपालीले अनाहकमा ज्यान गुमाउने गरेको देख्दा दूतावास निक्कै दुखित रहेको समेत उनले बताए ।

८३ जनाको मुद्धा फैसला ११२ जनाको विचाराधीन

मलेसियामा विभिन्न करणले जेल जीवन बिताईरहेका नेपालीहरु मध्ये ८३ जना नेपालीको मुद्धा फैसला भएको जसमा अबैधानिक २२ जना लागू औषधका कारोबारी ११ जना अन्य विभिन्न केसका रहेको दूतावासका द्वितीय सचिव तथा जेल साखा हेर्ने प्रेम बहादुर बुढ् थापाले खबरहबलाई जानकारी दिए ।

यस्तै त्यहाँको विभिन्न जेलमा रहेका ११२ जना नेपालीको मुद्धा विचाराधीन रहेको र यसमा आधा जतिको केस भने अबैधानिक भएका करण पक्राउ गरिएको केस रहेको सचिव थापाले बताए ।

यसैगरी २०२०को अक्टोबरपछि डिप्रेशन सेन्टरमा रहेका १३६ मध्ये १०० जनालाई नेपाल फर्काइएको र बाँकी रहेका ३६ मध्ये ३० जनाको गत डिसेम्बर ३० तारिखमा उडान गर्ने तयारी गरिएको भएपनि कोरोनाका करण अहिलेलाई यो कार्य स्थगित गरिएको उनले बताए ।

मलेसियामा वैधानिक तथा अवैधानिक गरी ३ लाख ५० हजार नेपाली कार्यरत रहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ९ : ३० बजे

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने