कृषि कर्ममा रमाउँदै माओवादी नेता सुवेदी | Khabarhub Khabarhub

कृषि कर्ममा रमाउँदै माओवादी नेता सुवेदी



तनहुँ– माओवादीका नेता बाबुराम सुवेदीले पशुपालन गर्न लागेको झण्डै तीन वर्ष पुग्यो । तनहुँको शुक्लागण्डकी नगरपालिका ८ मुलपानीका सुवेदी पछिल्लो समय मोहन वैद्य निकट माओवादीको केन्द्रीय नेता छन् ।

माओवादी शान्ति प्रक्रियामा आएको लामो समयसम्म पनि राजनीतिमा कुनै उपलब्धि नदेखेपछि उनी कृषि कर्म रोजे । तीन वर्षअघि भारतको गुजरात पुगेर उनले नौ वटा भैंसी ल्याएका थिए । झण्डै २० लाखको प्रारम्भिक लगानीमा भैंसीपालन ब्यवसाय गरेका उनको अहिलेसम्म झण्डै एक करोड लगानी पुगिसकेको छ ।

साना ठूला गरी सुवेदीको गोठमा अहिले ३० वटा भैंसी छन् भने दैनिक ८० देखि १०० लिटर दूध उत्पादन भइरहेको उनी बताउँछन् । सुवेदीलाई आफ्ना परिवारका सदस्यहरुले पनि साथ दिइरहेका छन् । दुई भाई जुम्ल्याहा छोराहरुले दूध दुहुनेदेखि बजारमा लगेर बेच्ने समेत काम गर्छन् ।

बाबुराम सुवेदी

दैनिक पोखरा लगेर दूध बिक्री

तनहुँको दुलेगौंडा बजारदेखि झण्डै तीन किलोमिटर पश्चिम सेतीनदीको किनारमा सुवेदीको ढोरफिर्दी कृषि फर्म प्रालि छ । पोखराबाट ३५ किलोमिटर टाढा पर्ने मुलपानीबाट दैनिक पोखरा लगेर सुवेदीले दूध बिक्री गर्छन् ।

बिहान ५ नबज्दै उनको दूध पोखरामा लगेर पनि बिक्री भइसकेको हुन्छ भने बेलुका ४ बजे नै पोखरामा दूध पुर्याउँछन् । नजिकैको बजार दुलेगौंडामा भन्दा पोखरामा पुर्याएपछि दूधको मूल्य पनि राम्रो पर्ने भएकाले पनि उनी पोखरा लगेर दूध बेच्ने गरेका हुन् ।

नाम अनुसारकै पानी

साविकको ढोरफिर्दी गाविसको मुलपानीमा पानीमा मुहानै छ भन्दा फरक पर्दैन । ठाउँ ठाउँमा पानीका मुल फुटेका छन् । त्यसैले होला, यो ठाउँको नाम पनि मुलपानी भएको छ । प्रशस्त मात्रामा पानीको मुल फुट्ने भएकाले सिँचाइका लागि पनि कुनै समस्या छैन ।

न त बोरिङ खन्नुपर्ने समस्या न त सिँचाईको अन्य कुनै ब्यवस्था गर्नुपर्ने झन्झट । भिरालो जमिनमा उम्रिएको पानीले गोठमा मात्र नभई सिँचाइलाई पनि प्रशस्त पुगेको छ ।

पशुपालनसँगै मत्स्यपालन

तीन वर्षदेखि भैंसीपालन ब्यवसाय थालेका उनीले गत चैतदेखि माछापालन पनि शुरु गरेका छन् । मुलपानीको पानीले भैंसीगोठ र घाँसबारीदेखि माछापोखरीलाई पनि पनि पुगेको छ ।

पशुपालन ब्यवसायबाट सोँचेजस्तो आम्दानी नभएपछि उनले माछापोखरी खनेका हुन् । उनको अहिले ५ वटा माछापोखरी छ । व्यवस्थित गरेर तयार पारिएको पोखरीमा पालेको माछाले उत्पादन दिन थालेपछि उनी माछाबाट भने निकै सन्तुष्ट देखिन्छन् ।

झण्डै दुई विगाहा क्षेत्रमा घाँस उत्पादन गरेका उनले अरु एक विगाहा क्षेत्रफलको जग्गामा बहुवर्षे घाँस सुपर नेपियर लगाउने योजना बनाएका छन् ।

पशुपालनसँगै मत्स्यपालन ब्यवसाय शुरु गरेका उनले ब्यवसायिक तरकारी खेति पनि गर्ने योजना बनाएका छन् । लामो समय राजनीतिक पेशामा लागेका उनले कृषि कर्मबाट नै भविष्य खोज्न थालेका छन् ।

मलुकको समृद्धिको कुरा गर्ने अन्य राजनीतिक पार्टीका नेताहरुले कृषि क्षेत्रलाई नै समृद्धिको आधार मान्ने गरेका छन् । तर राज्यले कृषि क्षेत्रमा भने केही पनि गर्न नसकेको उनको गुनासो छ ।

पछिल्लोसमय सुवेदीजस्तै लामोसमय युद्ध लडेका माओवादी नेता कार्यकर्ताहरु कृषि कर्ममा रमाउन थालेका छन् । पूर्वमन्त्रीसमेत भइसकेका माओवादीका नेता लोकेन्द्र बिष्टमगरले पनि दाङ्मा ड्रागनफलको खेति गरेर चर्चाको शिखरमा छन् ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १० : ३० बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी