नेपालले कतारी क्लबहरूसँग मैत्रिपूर्ण खेल खेल्ने « Khabarhub

नेपालले कतारी क्लबहरूसँग मैत्रिपूर्ण खेल खेल्ने


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीले फेब्रुअरी अन्तिममा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्ने भएको छ ।

कतारको शीर्ष डिभिजन क्लबहरुसँग मैत्रिपूर्ण खेलको तयारी भइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जानकारी दिएको छ ।

नेपालले क्लबका लागि प्रस्ताव गरेको छ तर, कुन क्लबसँग खेल्ने भन्ने भने केही दिनमा टुङ्गो लाग्नेछ ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटका लागि अहिले नेपाली टोली बन्द प्रशिक्षणमा व्यस्त छ । अभ्यासमा व्यस्त नेपाली टोलीले विश्वकप छनोटको छैठौं खेल मार्च २५ चाइनिज ताइपेइसँग खेल्नेछ भने त्यसको ५ दिन पछाडि अर्थात् ३० मार्चमा अस्ट्रेलियाको सामना गर्नेछ ।

विश्वकप छनोटको अभ्यासमा रहेको नेपाली टोलीमा अहिले ४४ जना खेलाडी छन् । सुरुमा ५८ जना बोलाइए पनि पहिलो चरणको छनोटबाट १४ जना खेलाडीलाई बिदा गरेसँगै अहिले ४४ जना बाँकी छन् ।

नेपालका मुख्य प्रशिक्षक योहान कालिनले राजीनामा दिएसँग कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारी बाल गोपाल महर्जनले पाएका छन् । उनकै नेतृत्वमा टोलीले अभ्यास गरिरहेको छ ।

यसअघि कार्तिकमा नेपालले महर्जनकै नेतृत्वमा बंगलादेशसँग २ मैत्रिपूर्ण खेल खेलेको थियो । जसमा एक खेलमा २–० गोलको हार व्येहोरेको थियो भने अर्को खेलमा गोलरहित बराबरी खेलेको थियो ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १० : १७ बजे

सचिवमा पराजित भएका ठाकुर गैरे र गोकुल बास्कोटा केन्द्रीय सदस्यमा बिजयी

काठमाडौं– एमाले पार्टीको केन्द्रीय सचिवमा हार व्यहोरेका ठाकुर गैरे र

एमाले पदाधिकारीमा पृथ्वी सुब्बालाई सर्वाधिक मत, यी हुन् धेरै भोट ल्याउने १० नेता

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये उपाध्यक्ष पृथ्वी

तेस्रो पटक अध्यक्ष निर्वाचित भएपछि भृकुटीमण्डपमा पुगे ओली (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली विजयी भएका

काभ्रेमा मालवाहक टिपर सञ्चालनमा नियमन

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकहुँदै विभिन्न क्षेत्रमा सञ्चालन भइरहेको मालवाहक सवारी टिपर सञ्चालनमा

गोदरेज अप्लायन्सेसको उपभोक्ता अभियान : टी-२० वर्ल्डकप प्रत्यक्ष हेर्ने मौका

काठमाडौं– गोदरेज अप्लायन्सेसले ‘सोचविचार गरेर छनौट गर्नुहोस्, सबैभन्दा ठूलो आवाज बन्नुहोस्’ नामक