भ्यालेन्सियाको संघर्षपूर्ण जित « Khabarhub

भ्यालेन्सियाको संघर्षपूर्ण जित


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाले संघर्षपूर्ण जित निकालेको छ ।

आइतबार राति भएको खेलमा भ्यालेन्सियाले रियल भायाडोलिटलाई १-० को साँघुरो गोल अन्तरले पराजित गरेको हो ।

भायाडोलिटको मैदानमा भ्यालेन्सियालाई जित दिलाउन कार्लोस सोलेरले निर्णायक गोल गरे । ७६औँ मिनेटमा कार्लोसले भ्यालेन्सियाको लागि निर्णायक गोल गरेका हुन् ।

८७औँ मिनेटमा भ्यालेन्सियाकै म्यानुएलले गरेको गोलले भने मान्यता पाएन । भीएआरको सहायताबाट उनी अफसाइट देखिएका थिए । जसको कारण भ्यालेन्सिया अग्रता दोब्बर बनाउन चुकेको थियो ।

घरेलु टिमविरुद्ध साँघुरो जित निकालेसँगै भ्यालेन्सियाले १९ अंकसहित १३औँ स्थानमा उक्लिएको छ । भायाडोलिट १८ अंकसहित १६औँ स्थानमा छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १२ : १३ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले