पृथ्वी जयन्तीमा राप्रपाले निकालेको जुलुसमा प्रहरीको धरपकड (भिडियोसहित) « Khabarhub

पृथ्वी जयन्तीमा राप्रपाले निकालेको जुलुसमा प्रहरीको धरपकड (भिडियोसहित)


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाठौँ- पृथ्वीनारायण शाहको २९९औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको र्‍यालीमा प्रहरीले धरपकड गरेको छ ।

सवारीसाधन नै अवरोध हुनेगरी मूल सडकमा जुलुस हिँडेपछि प्रहरीले धरपकड गरेको जनाएको छ ।

सोक्रममा राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरालगायतसँग प्रहरीको ठेलामठेल भएको थियो । केहीलाई भने प्रहरीले लाठी चार्ज पनि गरेको छ ।

हरौँ भिडियो

शान्तिपूर्ण जुलुसमा प्रहरी धरपकड भएको भन्दै राप्रपाका नेताहरुले घटनाको निन्दा गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशरे जबराले पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गर्ने क्रममा क्रुर दमन गरेर सरकारले नागरिकको नैसर्गिक अधिकार र लोकतन्त्रविरोधी कार्य गरेको भन्दै कडा शब्दमा भर्त्सना गरेका छन् ।

‘सरकारको लोकतन्त्र विरोधी कार्यको राप्रपाले सडकमा विरोध गरीरहने छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका देनलाई राप्रपाले सदैव उच्च सम्मान गरीरहनेछ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्र निर्माताप्रति श्रद्धान्जली अर्पण गर्ने नागरिकहरुमाथि सरकारको क्रुर दमन अत्यन्त निन्दनीय छ, अन्यायपूर्ण छ । यसको म कडा शब्दामा भत्र्सना गर्दछु,’ राप्रपा अध्यक्ष राणाले सोमबार भने ।

भद्रकालीमा भेला भएर शान्तिपूर्ण रुपमा पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा माल्यार्पण गर्न अघि बढेका नागरिक समूहहरुलाई प्रहरीले रोक लगाएको थियो । सो क्रममा दुई पक्षबीच झडप भएको थिया ।

‘राष्ट्रिय आवश्यकताबमोजिम नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना भएरै छाड्छ । प्रजातन्त्रलाई सुढृद बनाउन, निष्पक्ष राष्ट्रप्रमुखको रुपमा, दलीय व्यवस्थाभन्दा माथि रहने पुरानो संस्था, राजसंस्था पुनःस्थापना हुनेछ,’ राणाले राष्ट्र निर्माता पृथ्वीनारयाण शाहको सिंहदरबारस्थित सालिकमा माल्यार्पण गरेपछि भने ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ५ : ३५ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग