पृथ्वी जयन्तीमा राप्रपाले निकालेको जुलुसमा प्रहरीको धरपकड (भिडियोसहित) « Khabarhub

पृथ्वी जयन्तीमा राप्रपाले निकालेको जुलुसमा प्रहरीको धरपकड (भिडियोसहित)


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाठौँ- पृथ्वीनारायण शाहको २९९औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको र्‍यालीमा प्रहरीले धरपकड गरेको छ ।

सवारीसाधन नै अवरोध हुनेगरी मूल सडकमा जुलुस हिँडेपछि प्रहरीले धरपकड गरेको जनाएको छ ।

सोक्रममा राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरालगायतसँग प्रहरीको ठेलामठेल भएको थियो । केहीलाई भने प्रहरीले लाठी चार्ज पनि गरेको छ ।

हरौँ भिडियो

शान्तिपूर्ण जुलुसमा प्रहरी धरपकड भएको भन्दै राप्रपाका नेताहरुले घटनाको निन्दा गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशरे जबराले पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गर्ने क्रममा क्रुर दमन गरेर सरकारले नागरिकको नैसर्गिक अधिकार र लोकतन्त्रविरोधी कार्य गरेको भन्दै कडा शब्दमा भर्त्सना गरेका छन् ।

‘सरकारको लोकतन्त्र विरोधी कार्यको राप्रपाले सडकमा विरोध गरीरहने छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका देनलाई राप्रपाले सदैव उच्च सम्मान गरीरहनेछ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्र निर्माताप्रति श्रद्धान्जली अर्पण गर्ने नागरिकहरुमाथि सरकारको क्रुर दमन अत्यन्त निन्दनीय छ, अन्यायपूर्ण छ । यसको म कडा शब्दामा भत्र्सना गर्दछु,’ राप्रपा अध्यक्ष राणाले सोमबार भने ।

भद्रकालीमा भेला भएर शान्तिपूर्ण रुपमा पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा माल्यार्पण गर्न अघि बढेका नागरिक समूहहरुलाई प्रहरीले रोक लगाएको थियो । सो क्रममा दुई पक्षबीच झडप भएको थिया ।

‘राष्ट्रिय आवश्यकताबमोजिम नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना भएरै छाड्छ । प्रजातन्त्रलाई सुढृद बनाउन, निष्पक्ष राष्ट्रप्रमुखको रुपमा, दलीय व्यवस्थाभन्दा माथि रहने पुरानो संस्था, राजसंस्था पुनःस्थापना हुनेछ,’ राणाले राष्ट्र निर्माता पृथ्वीनारयाण शाहको सिंहदरबारस्थित सालिकमा माल्यार्पण गरेपछि भने ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ५ : ३५ बजे

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र

धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बिहीबार जारी गरेको कर्फ्यु

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ