‘धूम ४’ मा भिलेन बन्दै दीपिका « Khabarhub

‘धूम ४’ मा भिलेन बन्दै दीपिका


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउडमा सबैभन्दा रुचाइएको फ्रेन्चाइजका रुपमा ‘धूम’ सिरिजलाई लिइन्छ । सन् २००४ मा शुरु भएको यो फिल्मको कहानी अझै पनि दर्शकको मनमा बस्न सफल भएको छ ।

यो सिरिजले बक्स अफिसमा पनि रेकर्ड ब्रेक गर्ने गरी व्यापार गर्न सफल भएको छ । अब धूम, धूम २ र धूम ३ पछि धूम ४ को पनि चर्चा हुन थालेको छ ।

अभिषेक बच्चन र उदय चोपडाको रोल त फिल्ममा अनिवार्य जस्तै बनिसकेको छ । सिरिजमा भिलेन भने सधै नयाँ लिने गरिन्छ ।

भारतीय मिडियाहरुका अनुसार ‘धूम ४’ मा भिलेनका रुपमा अभिनेत्री दीपिका पादुकोणले अभिनय गर्ने फाइनल भएको छ । जबकि, यसअघि रणवीर सिंह र शाहरुख खान खलनायकको रुपमा रहने चर्चा हुने गरेको थियो ।

‘धूम ४’ मेकर्सले मन बनाएका छन् कि, पहिलोपटक यो सिरिजमा महिला कलाकारलाई खलनायकका रुपमा प्रस्तुत गर्ने । यो मेगाबजेट फिल्ममा दीपिकिा पादुकोण पनि अभिनय गर्न तयार भएकी छिन् ।

फिल्ममा दीपिकालाई चोरका रुपमा देख्न पाइनेछ । कतिपयले यो फिल्मलाई दीपिकाको टर्निङ प्वाइन्ट बन्न सक्ने विश्लेषण गरिएको छ । निर्माण टिमले भने यसबारेमा कुनै जानकारी दिएको छैन ।

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  २ : ३२ बजे

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी