‘धूम ४’ मा भिलेन बन्दै दीपिका « Khabarhub

‘धूम ४’ मा भिलेन बन्दै दीपिका


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउडमा सबैभन्दा रुचाइएको फ्रेन्चाइजका रुपमा ‘धूम’ सिरिजलाई लिइन्छ । सन् २००४ मा शुरु भएको यो फिल्मको कहानी अझै पनि दर्शकको मनमा बस्न सफल भएको छ ।

यो सिरिजले बक्स अफिसमा पनि रेकर्ड ब्रेक गर्ने गरी व्यापार गर्न सफल भएको छ । अब धूम, धूम २ र धूम ३ पछि धूम ४ को पनि चर्चा हुन थालेको छ ।

अभिषेक बच्चन र उदय चोपडाको रोल त फिल्ममा अनिवार्य जस्तै बनिसकेको छ । सिरिजमा भिलेन भने सधै नयाँ लिने गरिन्छ ।

भारतीय मिडियाहरुका अनुसार ‘धूम ४’ मा भिलेनका रुपमा अभिनेत्री दीपिका पादुकोणले अभिनय गर्ने फाइनल भएको छ । जबकि, यसअघि रणवीर सिंह र शाहरुख खान खलनायकको रुपमा रहने चर्चा हुने गरेको थियो ।

‘धूम ४’ मेकर्सले मन बनाएका छन् कि, पहिलोपटक यो सिरिजमा महिला कलाकारलाई खलनायकका रुपमा प्रस्तुत गर्ने । यो मेगाबजेट फिल्ममा दीपिकिा पादुकोण पनि अभिनय गर्न तयार भएकी छिन् ।

फिल्ममा दीपिकालाई चोरका रुपमा देख्न पाइनेछ । कतिपयले यो फिल्मलाई दीपिकाको टर्निङ प्वाइन्ट बन्न सक्ने विश्लेषण गरिएको छ । निर्माण टिमले भने यसबारेमा कुनै जानकारी दिएको छैन ।

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  २ : ३२ बजे

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

एजेन्सी– यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष