विज्ञापन सङ्घको अध्यक्षमा सोमप्रसाद धिताल « Khabarhub

विज्ञापन सङ्घको अध्यक्षमा सोमप्रसाद धिताल


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल विज्ञापन सङ्घको २१औँ वार्षिक साधारणसभाले सोमप्रसाद धितालका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधानअनुसार वरिष्ठ उपाध्यक्ष धिताल आगामी कार्यकालका लागि अध्यक्ष पदमा चयन भएका हुन् ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुदीप थापा, द्वितीय उपाध्यक्षमा पीताम्बर पोख्रेल, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा पङ्कजलाल प्रधान र सचिवमा सन्तोष खड्का रहेका छन् ।

यसैगरी सहकोषाध्यक्ष जीवन पोख्रेल, सदस्यमा क्रमशः साजन श्रेष्ठ, विशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्ण मुरारी लामिछाने र विधान राजभण्डारी रहेका छन् ।

निर्वाचमा तीन पद क्रमशः प्रथम उपाध्यक्ष, कोषाध्यक्ष र सहकोषाध्यक्ष निर्विरोध चयन भएको थियो भने अन्य पदमा मतदान गरिएको थियो ।

सङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षले वर्तमान कार्यसमितिको ‘एस भोट’ बाट आगामी कार्याकालका लागि स्वतः अध्यक्ष रहने प्रावधान छ ।

नवनिर्वाचित अध्यक्ष धितालले सबै मिलेर विज्ञापन व्यवसायको विकास, विस्तार र प्रवर्द्धनमा काम गर्ने बताए ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ३ : ५२ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने