विज्ञापन सङ्घको अध्यक्षमा सोमप्रसाद धिताल « Khabarhub

विज्ञापन सङ्घको अध्यक्षमा सोमप्रसाद धिताल


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल विज्ञापन सङ्घको २१औँ वार्षिक साधारणसभाले सोमप्रसाद धितालका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधानअनुसार वरिष्ठ उपाध्यक्ष धिताल आगामी कार्यकालका लागि अध्यक्ष पदमा चयन भएका हुन् ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुदीप थापा, द्वितीय उपाध्यक्षमा पीताम्बर पोख्रेल, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा पङ्कजलाल प्रधान र सचिवमा सन्तोष खड्का रहेका छन् ।

यसैगरी सहकोषाध्यक्ष जीवन पोख्रेल, सदस्यमा क्रमशः साजन श्रेष्ठ, विशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्ण मुरारी लामिछाने र विधान राजभण्डारी रहेका छन् ।

निर्वाचमा तीन पद क्रमशः प्रथम उपाध्यक्ष, कोषाध्यक्ष र सहकोषाध्यक्ष निर्विरोध चयन भएको थियो भने अन्य पदमा मतदान गरिएको थियो ।

सङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षले वर्तमान कार्यसमितिको ‘एस भोट’ बाट आगामी कार्याकालका लागि स्वतः अध्यक्ष रहने प्रावधान छ ।

नवनिर्वाचित अध्यक्ष धितालले सबै मिलेर विज्ञापन व्यवसायको विकास, विस्तार र प्रवर्द्धनमा काम गर्ने बताए ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ३ : ५२ बजे

हिजबुल्लाहको आरोप : इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गर्‍यो

बेरुत– हिजबुल्लाहले इजरायलले युद्धविराम सम्झौताको बारम्बार उल्लङ्घन गरेको आरोप लगाउँदै त्यस्ता

भूकम्पपीडित भेनेजुएलालाई चीनको १० करोड युआन आपतकालीन सहायता

बेइजिङ- शक्तिशाली भूकम्पबाट ठूलो जनधनको क्षति व्यहोरेको भेनेजुएलाका लागि चीनले १०

वार्षिक साढे ५ करोड मानिस ओहोरदोहोर गर्ने चीनको विमानस्थल (तस्बिरहरू) 

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङले वि.सं. २०७६ मा उद्घाटन गरेको

अस्पताल भवन निर्माण अलपत्र

खोटाङ– ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने