एनसीबीले जफत गर्‍यो २ सय किलो विदेशी गाँजा, बलिउड कलाकारकी एक्स म्यानेजरसहित ३ पक्राउ « Khabarhub

एनसीबीले जफत गर्‍यो २ सय किलो विदेशी गाँजा, बलिउड कलाकारकी एक्स म्यानेजरसहित ३ पक्राउ


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले ड्रग्स केशमा बलिउड अभिनेत्री दिया मिर्जाकी पूर्वम्यानेजर राहिला फर्निचरवालालाई पक्राउ गरेको छ ।

राहिलाका साथ उनकी बहिनी शाईस्ता र ब्रिटीश पासपोर्ट बोकेका करण सजनानीलाई पक्राउ गरेको हो । आइतवार तीनैजनालाई मेट्रोपोलिटिन मजिस्ट्रेट कोर्टमा पेश गरिएको छ ।

भारतीय समाचार संस्था नवभारत टाइम्सका अनुसार शाईस्तालाई रिहा गरेको छ भने अन्य दुईलाई हिरासतमा राखिएको छ ।

एनसीबीले बलिउडमा हुने ड्रग्स कनेक्नसमाथि अनुसन्धान गरिएको छ । यो घटना पनि त्यसैसँग जोडिएको छ, एनसीबीले बलिउको ड्रग्स कनेक्सनलाई यसले सहयोग पुर्‍याउने जनाएको छ ।

शनिवार एनसीबीले छापा मार्दा २०० किलो गाँजा जफत गरिएको थियो । उक्त विदेशी गाँजा कुरियर गरेर मुम्बई पठाइएको थियो ।

एनसीबीका अनुसार करणले ग्राहकलाई प्रतिग्राम ५ हजार रुपैयाँमा गाँजा विक्री गर्ने गरेका थिए । त्योमध्ये उनका धेरै ग्राहक पेज थ्रीसँग जोडिएका थिए ।

बलिउड ड्रग्स कनेक्सन केशमा यसअघि रिया चक्रवर्तीसहित दर्जनौं सेलिब्रेटी पक्राउ परिसकेका छन् । एनसीबीले बलिउडमा ड्रग्स कनेक्नसमाथि अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ३ : १५ बजे

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी