एनसीबीले जफत गर्‍यो २ सय किलो विदेशी गाँजा, बलिउड कलाकारकी एक्स म्यानेजरसहित ३ पक्राउ « Khabarhub

एनसीबीले जफत गर्‍यो २ सय किलो विदेशी गाँजा, बलिउड कलाकारकी एक्स म्यानेजरसहित ३ पक्राउ


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले ड्रग्स केशमा बलिउड अभिनेत्री दिया मिर्जाकी पूर्वम्यानेजर राहिला फर्निचरवालालाई पक्राउ गरेको छ ।

राहिलाका साथ उनकी बहिनी शाईस्ता र ब्रिटीश पासपोर्ट बोकेका करण सजनानीलाई पक्राउ गरेको हो । आइतवार तीनैजनालाई मेट्रोपोलिटिन मजिस्ट्रेट कोर्टमा पेश गरिएको छ ।

भारतीय समाचार संस्था नवभारत टाइम्सका अनुसार शाईस्तालाई रिहा गरेको छ भने अन्य दुईलाई हिरासतमा राखिएको छ ।

एनसीबीले बलिउडमा हुने ड्रग्स कनेक्नसमाथि अनुसन्धान गरिएको छ । यो घटना पनि त्यसैसँग जोडिएको छ, एनसीबीले बलिउको ड्रग्स कनेक्सनलाई यसले सहयोग पुर्‍याउने जनाएको छ ।

शनिवार एनसीबीले छापा मार्दा २०० किलो गाँजा जफत गरिएको थियो । उक्त विदेशी गाँजा कुरियर गरेर मुम्बई पठाइएको थियो ।

एनसीबीका अनुसार करणले ग्राहकलाई प्रतिग्राम ५ हजार रुपैयाँमा गाँजा विक्री गर्ने गरेका थिए । त्योमध्ये उनका धेरै ग्राहक पेज थ्रीसँग जोडिएका थिए ।

बलिउड ड्रग्स कनेक्सन केशमा यसअघि रिया चक्रवर्तीसहित दर्जनौं सेलिब्रेटी पक्राउ परिसकेका छन् । एनसीबीले बलिउडमा ड्रग्स कनेक्नसमाथि अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ३ : १५ बजे

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध