हुस्सु नखुलेपछि तराईका अधिकांश जिल्लाको उडान प्रभावित « Khabarhub

हुस्सु नखुलेपछि तराईका अधिकांश जिल्लाको उडान प्रभावित


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भिजिबिलिटी नभएपछि आन्तरिक उडान प्रभावित भएको छ ।

हुस्सी नहटेपछि तराईका सबैजसो विमानस्थलमा हुने आजका उडान प्रभावित भएका हुन् ।

भिजिविलिटी नभएपछि विराटनगर, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, टुम्लिनटार र नेपालगञ्जका लागि आज मध्यान्ह १२ बजेअघि तय भएका १९ वटा उडान रद्द भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार बुद्ध एयरलाइन्सका १० वटा, यती एयरलाइन्सका ६ वटा र सौर्यका ३ वटा उडान आज रद्द भएका छन् ।

बुद्ध एयरले नेपालगञ्ज, सिमरा, भैरहवा र तुम्लिङटारका उडान स्थगित गरेको छ । यस्तै सौर्य एयरले भद्रपुरको उडान स्थगित गरेको छ ।

भिजिविलिटी नहुँदा अरू २० वटाभन्दा धेरै उडानमा ढिलाइ भएको उनले बताए ।

‘तराइमा भिजिविलिटी छैन यसैकारण आज तय भएका आन्तरिक उडानतर्फका ८८ वटा उडानमा धेरैजसो प्रभावित भएको छ,’ क्षेत्रीले भने ।

हुस्सु खेलेर भिजिविलिटी पर्याप्त भएमा साँझसम्म उडान हुन सक्ने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय उडानका जहाजलाई अवतरण गर्न एक हजार ५०० मिटर भिजिबिलिटी चाहिन्छ । त्यस्तै आन्तरिक उडानका जहाजको प्रकृति अनुरुप फरक–फरक भिजिबिलिटी हुनुपर्छ ।

आइएफआर जहाजलाई उडानका लागि डेढ किलोमिटर भिजिबिलिटी चाहिन्छ । ती जहाजलाई अवतरणका लागि तीन किलोमिटर भिजिबिलिटी चाहिन्छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ३ : २९ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति