कोरोनाविरुद्धको खोप छिटोभन्दा छिटो ल्याउँछौँ, न्यायपूर्ण रुपमै वितरण हुन्छ : मन्त्री त्रिपाठी « Khabarhub

कोरोनाविरुद्धको खोप छिटोभन्दा छिटो ल्याउँछौँ, न्यायपूर्ण रुपमै वितरण हुन्छ : मन्त्री त्रिपाठी

खोप निशूल्करुपमा लगाउने प्रतिवद्धता


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोभिड-१९ विरुद्धको खोप छिटोभन्दा छिटो ल्याउने तयारी गरेको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले खोप ल्याउनका लागि तयारी तीव्र भएको जानकारी दिएका हुन् । उनले भने, ‘निश्चित हुनुस् खोप आउँछ, निशुल्क रुपमा खोप लगाउँछौँ ।’

उनले कोरोना विरुद्धको खोपका लागि १६ हजार खोप केन्द्र बनाउने जानकारी दिए । यस कार्यक्रमका लागि ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविका परिचालन गरिने बताए ।

उनले भने,’ हामी खोपसँग सम्बन्धित विभिन्न कार्य गरिरहेका छौं,ढुक्क हुनुहोस् खोप आउँछ ।’

उनले खोपको आयात अन्य व्यापारिक वस्तुको जस्तो नरहेको बताउँदै यो राजनीतिक वस्तुका रुपमा विकासित भएको हुँदा खोप विकास गर्ने राष्ट्रका राजदूतहरुसँग छलफल भइरहेको जानकारी दिए ।

कोरोना विरुद्धको खोप ल्याउने विषयमा उनले भारत, रुस र यूएईका राजदूतसँग छलफल गरेको जानकारी गराए । मन्त्री त्रिपाठीले खोप प्राप्त गरेको ७ दिनभित्रै खोप कार्यक्रम सुरु गर्ने तयारी रहेको जानकारी दिए ।

उनले निजी क्षेत्रलाई पनि खोप ल्याउनका लागि अनुमति दिइने उनले बताए ।

खोप अभियान सफल बनाउने, प्रत्येक पालिकामा ५, १० र १५ शय्याका अस्पताल बनाउने र कर्मचारी समायोजनको काम पूरा गर्ने उल्लेख गरे । कोरोना भाइरसविरुद्धको खोपका लागि सरकारले सबै नीतिगत तयारी पूरा गरेको उनले बताए ।

उनले भने, ‘नीतिगत कामबारे तयारी पूरा भएको छ। बाँकी काम छिटै समाधान गर्ने योजनामा सरकार छ ।’

उनले खोपका विषयमा सरकार गैर जिम्मेवार बनेको भन्ने आरोप झुठो सावित गर्ने समेत दाबी गरे । खोप खरिद प्रक्रिया पारदर्शी र वितरण समतामूलक हुने प्रतिवद्धता व्यक्त गरे ।

उनले कोरोना विरुद्धको भ्याक्सिन ल्याउन कानूनी रूपमा जटिलता निराकरण गरिएको र अर्थले मन्त्रालयले रकम सुनिश्चितता गरेको बताए ।

‘हामी छिटोभन्दा छिटो खोप ल्याउन हामी अघि बढेका छौँ। खोपको वितरण पारदर्शी र समतामूलक हुनेछ। केही समयमा नै यो प्रक्रिया पूरा हुन्छ,’ उनले भने, ‘यो अभियानका रूपमा हामीले लिएका छौँ। जनताको जीवनसँग जोडिएको महत्वपूर्ण कामका रूपमा सरकारले लिएको छ। सबै प्रयत्न गरिरहेका छौँ। सबै तयारी भइसकेको छ।’

उनले कोरोनाविरुद्धको जोखिम नहटेको हुँदा सुरक्षा सावधानी अपनाउन आग्रह गरे । उनले हालसम्म जनताको स्वास्थ्य र जीवन जोगाउन अहोरात्र खटिनेहरुप्रत आभार प्रकट गरे ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ५ : १२ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा