ओलीले कम्युनिस्ट आन्दोलन सिध्याउन खोजेको अध्यक्ष नेपालको आरोप « Khabarhub

ओलीले कम्युनिस्ट आन्दोलन सिध्याउन खोजेको अध्यक्ष नेपालको आरोप


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेको आरोप लगाएका छन् ।

काठमाडौँमा प्रतिनिधिसभा विघटन विरुद्ध नागरिक संगठनहरुले सोमबार गरेको नागरिक भेलामा उनले लोकतन्त्रको मूल्यमान्यतामाथि प्रधानमन्त्री ओलील आघात पुर्‍याएको आरोप लगाएका हुन।

संविधानलाई मिच्दै संसद विघटन गरेर ओलीले लोकतन्त्रको मूल्यमान्यतामाथि आघात पुराएको बताए ।

पौष ५ गते प्रधानमन्त्रीले चालेको कदम संविधानको मर्म विपरित भएकै कारण संघर्ष गर्नुपरेको उनको तर्क थियो ।

उनले पदमा रहदा पदीय दायित्व पूरा नगरेका कारण अध्यक्ष केपी ओलीलाई कारबाही गरिएको जिकिर गरे ।

समावेशीता, धर्मनिरपेक्षता र संघीयताको अडानबाट ओली विचलित भएको उनको आरोप थियो ।

अध्यक्ष नेपालले निर्वाचन आयोग कुनै व्यक्तिको लहडमा नचल्ने चन्दै ४४१ जनाको केन्द्रीय कमिटी र पार्टीको विधानअनुसार निर्णय गर्ने दाबी गरे ।

उनले ओलीले कसैको सम्मान गर्न नजानेको भन्दै अर्काको अपमानमै रमाइरहेको समेत टिप्पणी गरे ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ७ : १३ बजे

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

सुदूरपश्चिम- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भावविरोधी क्रियाकलापको

सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

भद्रपुर– नेपाल-भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि