कोरोना संक्रमितको हुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार « Khabarhub

कोरोना संक्रमितको हुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको सिटिजन बैंक शाखा कार्यालय सिमकोटमा कार्यरत एक जना कोरोना सङ्क्रमितको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुईमा कोरोना देखिएपछि एकको अवस्था जटिल भएको जिल्ला बाहिर हेलिकप्टरमार्फत उद्धार गरीएको जिल्ला अस्पताल हुम्लाका ल्याब असिस्टेण्ट बलिराज भण्डारीले जानकारी दिए ।

काठमाडौँमा रहेको स्टार अस्पतालबाट दुई जना डाक्टरको टोली हुम्ला पुगेर सङ्क्रमित पुरुषको उद्धार गरिएको हो । कोरोना सङ्क्रमितको स्वासप्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल हुम्लाले काठमाडौँ रेफर गर्नुका साथै हुम्लाबाट हेलिकप्टरमा काठमाडौँ लगिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त कार्यलय प्रमुख सरिता बोहराले जानकारी दिइन ।

ती कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि दुई दिन सिटिजन्स बैंक शाखा कार्यालय सिमकोट सिल गर्नुका साथै कारोवार ठप्प भएको बैंकले जानकारी दिएको छ । अर्का कोरोना सङ्क्रमित महिलाको अवस्था सामान्य रहेकाले जिल्लामै स्वास्थ्यकर्मीको निगरानीमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ७ : २५ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग