आज पनि तराईमा हुस्सु, कस्तो रहला तीन दिनको मौसम ? « Khabarhub

आज पनि तराईमा हुस्सु, कस्तो रहला तीन दिनको मौसम ?


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी वायुको आंशिक प्रभावले आज पनि तराई तथा पहाडका केही भू-भागमा हुस्सु लागेको छ ।

पश्चिमी वायुकै आंशिक प्रभाव देखिए पनि आजको मौसममा उल्लेख्य असर नदेखिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँको आज बिहान साढे ६ बजेको  तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसोको तापक्रम २० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।

उच्चपहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भू-भागमा विहानपख हुस्सु/कुहिरो लागिरहँने र चिसो अझै रहिरहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ २९ गते (बिहीबार)

दिउँसो : बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश-१ मा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति :  बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश-१ मा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ३० गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति :  सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रही प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन ०१ गते (शनिबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ७ : ३० बजे

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित

कांग्रेसमा विरासतको पूर्णविराम : सन्तानले थेग्न सकेनन् पितृ भार

काठमाडौं – नेपाली कांग्रेसमा कयौं नेताहरु पारिवारिक विरासत (लिगेसी) का