कर्णालीमा पोषणसम्बन्धी शिक्षा आवश्यक छ : मुख्यमन्त्री शाही « Khabarhub

कर्णालीमा पोषणसम्बन्धी शिक्षा आवश्यक छ : मुख्यमन्त्री शाही


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा पोषणसम्बन्धी शिक्षा आवश्यक भएको बताएका छन् ।

कर्णाली प्रदेश नीति तथा योजना आयोग सुर्खेतले आयोजना गरेको बहुक्षेत्रीय पोषण योजनासम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले यहाँका नागरिकको खाद्यान्नमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

‘कर्णालीमा कुपोषणलगायतका थुप्रै रोग छन्,’ उनले भने, ‘यसका लागि तालिम एवं प्रशिक्षण होइन, पोषणसम्बन्धी जनस्तरसम्म शिक्षा चाहिएको छ ।’

कर्णालीमा भोक लागेपछि मात्र खाने अवस्था विद्यमान छ भन्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई कुपोषणमुक्त प्रदेश बनाउने खालको नीति, कार्यक्रम तथा बजेट निर्माण गरेर अघि बढ्ने बताए ।

उनले कर्णालीका नागरिकको प्रारम्भिक स्वास्थ्यसम्बन्धीको ज्ञान पाठ्यक्रममा नै उल्लेख गर्नुपर्नेमा जोड दिए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्वजित खड्काले सबै सरोकारवालाको एकीकृत कार्ययोजनाबाट कर्णालीको कुपोषण दर घटाउन सकिने बताए ।

यसका लागि सबैको हातेमालो आवश्यक रहेको उनको भनाइ थियो । अभिमुखीकरणमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव वसन्त अधिकारी र युनिसेफका नेपाल प्रतिनिधि प्रकाशचन्द्र जोशीले कर्णालीको पोषणसम्बन्धी तथ्याङ्कीय प्रस्तुति राखेका थिए ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १० : ३० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको