सप्तकोशीमा बगेका घिमिरेको सकुशल उद्धार | Khabarhub Khabarhub

सप्तकोशीमा बगेका घिमिरेको सकुशल उद्धार


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– बराहक्षेत्र नगरपालिका १ बराहक्षेत्र मन्दिर नजिक सप्तकोशी नदीमा बगेका ६० वर्षे भुवन घिमिरेको उद्धार गरिएको छ ।

नदीमा बगेमा उनलाई सशस्त्र प्रहरी सहायक हवल्दार डम्बर श्रेष्ठले जिवितै उद्धार गरेका हुन् ।

सुनसरीको हरिनगर गाउँपालिका ६ मा यही माघ २९ र ३० गते सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट संचालन हुने स्वास्थ्य शिविरमा खटिई गएका श्रेष्ठले उनको उद्धार गरेका हुन ।

सो स्वास्थ्य शिविर संचालनको लागि नेपाल एपीएफ अस्पतालबाट खटिएका स्वास्थ्यकर्मी सवार बोटमा रहेका सहायक हवल्दार श्रेष्ठले निज घिमिरेलाई नदीमा पौडिन नसकी डुविरहेको देखेपछि तत्कालै नदीमा हामफाली पौडिदै गएर घिमिरेलाई नदीबाट सकुशल बाहिर निकालेका थिए ।

उद्धार गरिएका घिमिरेलाई स्थानीय प्रहरीमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १ : ३० बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश